बालविवाह रोक्न सामाजिक अग्रसरता जरुरी – प्रजिअ न्यौपाने

बालविवाह रोक्न सामाजिक अग्रसरता जरुरी – प्रजिअ न्यौपाने

दैलेख,बिन्ध्यवासिनी – दैलेखका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले बालविवाह रोकथाममा सामाजिक अग्रसरता आबश्यकता रहेको बताउनु भएको छ । नारायण नगरपालिका–११ बिन्ध्यवासिनी राइलीमा युवाको भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले सो कुरा उल्लेख गर्नुभएको हो ।


राइली तिरपानीको व्यापक प्रचारप्रसार गरी पर्यटकीय क्षेत्र को रुपमा विकास गर्न प्रमुख जिल्ला अधिकारी न्यौपानेले बडा कार्यालयलाई सुझाव दिनुभयो ।
नारायण नगरपालिका-११ का वडाध्यक्ष टङ्कबहादुर बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य मनकुमारी सुनारले स्वागत मन्तव्य दिनुभएको थियो । बिन्ध्यवासिनीको राइलीमा हरेक वर्ष बटसावित्री औंसीको दिन दिउँसो मेला लाग्दछ । काफल र तीरपानीको चिसो पानीका लागि मेलाको मुख्य आकर्षण छ ।
धेरै पहिले ढुंगाको छेलो प्रतियोगिता हुदै आएकोमा २०४५ सालमा छेलोले एक जनाको मृत्यु भएपछि मेला भेटघाटको माध्यन बनेकोमा पछिल्लो समय भलिबल प्रतियोगिता हुने गरेको छ ।
यस पटकको भलिबल प्रतियोगिताको लागि पत्रकार अमर सुनारले नयाँ भलिबल उपलब्ध गराउनु भएको थियो ।

प्रतिक्रिया