बुध्द एयरद्वारा नेपालगञ्ज-नयाँदिल्ली उडानका लागि अनुमति माग

असार ८, २०७५ काठमाडौं
नेपालगञ्ज विमानस्थलबाट भारतको नयाँदिल्ली उडान सञ्चालनका लागि बुध्द एयरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसमक्ष निवेदन बुझाएको छ। पत्रमा बुध्द एयरले एटिआर ७२ विमानद्वारा दैनिक तीन उडान विहान ६:३०, दिउँसो १:०० र साँझ ५:०० बजे भारतको नयाँदिल्ली स्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलका लागि अनुमति मागेको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतीय विमानपत्तन प्राधिकरणबीच हालै सम्पन्न उडान सहमतिले हवाईमार्गलाई दुईतर्फि रुटको रूपमा स्थापित गरेको छ। यस सहमतिले टर्बोप्रप एटिआर विमानबाट नेपालगञ्जदेखि भारतको केन्द्रीय राजधानी नयाँदिल्लीको हवाई उडान करिब एक घण्टा १० मिनेटमा भर्न सकिन्छ।
प्रतिक्रिया