दैलेखमा पहिलो पटक बुद्धिचाल प्रतियोगिता हुँदै
दैलेख ३१ भदौ
जिल्लामा पहिलो पटक बुद्धिचाल प्रतियोगिता आयोजना गरिएको छ । बृद्धिचाल संघ दैलेखको आयोजनामा असोज १ गते देखि ५ गते सम्म प्रदेश स्तरिय बुद्धिचाल प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा सात वटैै प्रदेशका खेलाडीहरु सहभागि हुने बृद्धिचाल संघ दैलेखका अध्यक्ष शक्तिराम बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा भाग लिई सातौ स्थान हासिल गर्ने खेलाडीहरुले समेत पुरस्कार पाउनेछन, खेल प्रति सबैको रुचि जगाउन सबैलाई पुरस्कारको व्यवस्थापन गरेका हौ, संघका अध्यक्ष बुढाले भन्नुभयो ।
प्रतियोगितामा बालक देखि ५० बर्ष माथीका खेलाडीहरु सहभागि गराइने अध्यक्ष बुढाले बताउनुभयो । प्रतियोगितामा छात्रा छात्रलाई पनि सहभागि गराइनेछ । सातवटै प्रदेशबाट ३० जना खेलाडीहरु सहभागि हुने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार महिलाहरुको बुद्धिचाल खेल प्रति रुचि नदेखिएकाले उनिहरुको रुचि बढाउन प्रतियोगितामा महिलाहरुलाई पनि सहभागि गराइनेछ । प्रतियोगितामा कुल पुरस्कार राशी ९१ हजार ५ सय रुपैयाँ रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा आधारभुत तथा माध्यामिक तहका छात्र छात्र पनि सहभागि हुनेछन् । प्रतियोगितामा सहभागि हुने विद्यार्थीहरुलाई खान र बस्नको व्यवस्था गरिएको छ भने जिल्ला बाहिरका खेलाडीहरुलाई होटल बासको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताले खेलाडीहरुको खेल स्तर मापन हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया