दैलेखी युथ कप खेल महोत्सबको पाँचौ संस्करण सुरु

दैलेखी युथ कप खेल महोत्सबको पाँचौ संस्करण सुरु

दैलेख कात्तिक १२ ।

दैलेखका युवाहरुले विगत पाँच बर्ष देखि निरन्तर आयोजना गर्दै आएको दैलेखी युथ कप खेल महोत्सबको पाँचौ संस्करण सोमवार देखि सुरु भएको छ । महोत्सबको प्रतिनीधिसभा सदस्य रविन्द्रराज शर्मा र पार्वती कुमारी विशुन्केले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । सामाजिक रुपान्तरणको अभियानमा सक्रिय सम्पूर्ण दैलेखी युवाहरुको साझा समुह दैलेखी युथले आयोजना गरेको खेल महोत्सब आगामी कात्तिक १६ गते सम्म संचालन हुने दैलेखी युथका अध्यक्ष प्रेम बहादुर शाहीले जानकारी दिनुभयो । दैलेखी युथले यस बर्षको खेल महोत्सबको मुल नारा “प्रती गोल भ्रष्टाचार विरुद्धको बोल, प्रती सट महिला हिंसा तथा बाल श्रम विरुद्ध खट” तय गरेको छ ।

खेल महोत्सब उद्घाटन समारोहमा बोल्नुहुँदै प्रतिनीधिसभा सदस्य रविन्द्रराज शर्माले दैलेखको खेल क्षेत्र विकास गर्न आफुहरु लागिपरेको बताउनुभयो । दैलेखमा फुटबल खेलका लागि गतिलो मैदान छैन, उहाँले भन्नुभयो । खेलकुल मैदान निर्माण गर्न पहल थालेको उहाँले बताउनुभयो ।
जिल्लामा खेलकुद क्षेत्रमा आएको बजेट सानातिना विवादले फिर्ता नुहुने भन्दै प्रतिनीधि सभा सदस्य शर्माले जिल्लामा खेलाडीहरुको मनोवल उच्च राख्न आफुले हरेक समय प्रयास गरिरहेको औल्याउनुभयो ।
कार्यक्रममा दैलेखी युथका अध्यक्ष प्रेम बहादुर शाहीले दैलेखमा खेलकुद प्रतियोगिता संचालनका लागि उचित खेलमैदान नहुँदा खेलाडीहरु पछि परेको बताउनुभयो । उहाँले फुटबल मैदान विना प्रतियोगिता संचालन गर्न बाध्य भएको गुनासो गर्नुभयो । दैलेखमा फुटबल प्रतियोगिता नारायण क्याम्पसको चौरमा खेलाउने गरिन्छ । समाजमा रहेका यूवाहरुलाई खेलका माध्यमद्धारा सामाजिक सशक्तिकरणतर्फ उन्मुख गराईने दैलेखी युथले लक्ष लिएको छ ।
१ लाख १० हजार पुरस्कार राशी ।
युथ कप खेल महोत्सवमा फुटबल तर्फ प्रथम हुनेलाई १ लाख १० हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । भलिबल तर्फ प्रथम हुनेलाई ५० हजार र दोस्रो हुनेलाई २५ हजार पुरस्कार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने दैलेखी युथका अध्यक्ष प्रेमबहादुर शाहीले जानकारी दिनुभएको छ । यसैगरि व्याटमिन्टन तर्फ प्रथमलाई नगद २५ हजार र दोस्रो हुनेलाई १२ हजार पुरस्कार प्रदान गरिने युथका अध्यक्ष शाहीले जानकारी दिनुभयो ।

प्रतिक्रिया