बेचबिखन रोक्न आयआर्जनमुलक कार्यक्रम संचालनमा ल्याउँछौ – अध्यक्ष ओली

बेचबिखन रोक्न आयआर्जनमुलक कार्यक्रम संचालनमा ल्याउँछौ – अध्यक्ष ओली


कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर संगै सिमाना जोडिएको दैलेखको गुरासँ गाउँपालिकामा मानव बेचबिखन तथा ओसार–पसार र बसाई सराईको अवस्थाबारे ज्वाला संदेश अनलाइनमा सम्पादक हिक्मत नेपालीले गरेको कुराकानीको सारसंक्षेप


– तपाईले बसाई सराईलाई कसरी बुझ्नु भएको छ ?
तपाईको उप/महा–नगरपालिका/गाँउपालिका/वडामा बसाई सराईको कस्तो प्रवृति छ ?
 हामीले सामान्य अर्थमा बसाईसराई भन्नाले कुनै एक ठाउँबाट अर्को ठाउँमा सरेर जाने प्रक्रियालाई बसाई सराई भनेर बुझेका छौ । एक भौगोलिक क्षेत्रबाट अर्को भौगोलिक क्षेत्रमा बास स्थान परिवर्तन गरेर जाने मानिसहरुको चाल नै जनसांखिकी दृष्टिकोणले बसाई सराई भनेर बुझिन्छ । वर्तमान अवस्थामा मानिसको बसाईसराईलाई सामन्य रुपमा हेरिदै आएको छ ।

दैलेखको गुराँस गाउँपालिकाबाट बसाई सराई गरेर जाने प्रवृति बढी छ । कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर संगै जोडिएको गाउँपालिका भएका कारण पनि यो समस्या बढी भएको हुन सक्छ । यहाँबाट बसाई सरेर जाने प्राय मानिसहरु विरेन्द्रनगर सुर्खेतमा जाने गर्दछन् । दुर्गम स्थानमा रोजगारीको अवसर कम हुनु, गाउँघरमा काम गर्न अफ्ठेरो हुनु, आर्थीक स्थिती बढि भएका व्यक्तिहरुको सहरिया प्रवृतीले पनि बसाई सराई गरेर जाने मानिसहरुको दर बढेको हो । बसाई सराईले समाजमा सकारात्मक र नकारात्कम गरि दुई खालको असर गरिरहेको छ ।
सामाजिक रहन सहन मुल्य मान्यताको आदान प्रदान भई समावेशी विकास हुन सकारात्मक पक्ष हो भने समाजमा अपाराधका बृद्धि, सामाजिक विकृति र विसंगती जस्ता सामाजिक विकासको गतिलाई यसले प्रत्यक्ष रुपमा प्रभाव पारिरहेका छ ।
– मानव बेचबिखन तथा ओसार–पसारलाई कसरी बुझ्नु भएको छ ?
तपाईको तपाईको उप-महा–नगरपालिका/गाँउपालिका/वडामा मानव बेचबिखन तथा ओसार–पसारको अवस्था कस्तो छ ?
 मानव बेच–बिखन भन्नाले कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने, कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने वा सोका लागि अन्य मुलुकमा बिक्रि गर्ने, प्रचलित कानूनबमोजिम बाहेक भुक्याएर अङ्ग भिक्ने र वेश्यागमन गर्ने कार्य लाई मानव बेच–बिखनको हो । छिमेकी मुलुक भारतसँग नेपालको खुल्ला सिमाना, पर्याप्त रोजगारीको अवसरको अभाव, गरिबी जस्ता कारणहरुले गर्दा बाबुआमा संरक्षक नभएका र जोखिममा परेका महिला बालबालिकाहरु बेच–बिखन भइरहेका छन् । हाम्रो गाउँपालिकामा मानव बेचबिखनको खासै समस्या भने छैन् । कुनै पनि महिला वा पुरुष बेचबिखनमा प¥यो भनेर हाल सम्म कुनै पनि घटनाहरु गाउँपालिकामा आएको हामीले पाएका छैनौ । यद्धपी कुनै घटनाहरु पनि भएका होलान् । तर यस्ता क्रियाकलापमा संलग्न व्यक्ति वा बेचबिखनमा परेको व्यक्ति हाम्रो गाउँपालिकामा देखा परेका छैनन् ।

– मानव बेचबिखन तथा ओसारपसारको समस्या समाधान वा सम्बोधनका लागि तपाईको उप/महा–नगरपालिका/गाउँपालिका/वडामा कस्ता कार्यक्रम र योजना छन् ?
 खासगरि गरिबी समाज, गरिबीको रेखा मुनी रहेको चेली, आर्थीक प्रलोभन परेर महिला होस् या पुरुषहरु बेचबिखनमा पर्ने गरेका छन् । हामी कहाँ तत्काल यस्ता समस्याहरु देखा नपरेपनि भविष्यमा यस्ता समस्याहरु समाधानका लागि जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्ने, आर्थीक अवस्था कमजोर भएका घरपरिवारको आर्थीक अवस्था सुधारका लागि आयआर्जन मुलक कार्यक्रम संचालन गर्ने योजना अघि सारेका छौ । खासगरि महिला र बालबालिकाहरुलाई यसबारे सचेत बनाउनका लागि स्थानीय सरकारको तल्लो निकाय वडापालिका देखि गाउँपालिकामा निर्वाचित सबै जनप्रतिनीधि र कर्मचारीमार्फत अभियान नै चलाउने योजनामा गाउँपालिका रहेको छ ।
– तपाईको विचारमा मानव बेचबिखन तथा ओसारपसार न्यूनिकरणका लागि के गर्नु पर्ला ?
 मानव बेचबिखन तथा ओसारपसार न्यूनिकरणका सबै भन्दा पहिलाले सचेतनामुलक कार्यक्रमहरु संचालन गर्नुपर्छ । हरेक महिला, बालबालिका, युवा तथा युवतीहरुलाई तपाईको गाउँघरमा कुनै अपरिचित व्यक्ति आएर कसैलाई प्रलोभनमा पार्दै पो छ की ? भन्ने विषयमा सचेत बनाउनुपर्छ । त्यस्ता व्यक्ति फेला परेमा सम्बन्धित निकायमा खबर गर्न लगाउनुपर्छ । त्यतिमात्र नभई पैसाको प्रलोभनमा परि बेचबिखनमा पर्ने भएका कारण गरिबिको रेखामुनी रहेका घरपरिवारलाई आर्थीक स्तिथी सुधार गर्न तथा जिविकोपार्जका लागि रोजगारी सृजना गर्ने कार्यक्रम ल्याउनुपर्छ । त्यो संग संगै आयआर्जन मुलक कार्यक्रम संचालन संचालन गर्नुपर्छ । गाउँघरमा हुने विभिन्न कारणले पारिवारिक कलहलाई रोक्न सचेतना अभियान चलाउन स्थानीय तहका सरकारहरु जागरुक हुनुपर्छ ।

प्रतिक्रिया