दैलेखमा सरकारविरुद्ध महिला संघको प्रर्दशन

दैलेखमा सरकारविरुद्ध महिला संघको प्रर्दशन

–ज्वाला संदेश–
दैलेख माघ २६ ।

नेपाली कांग्रेस निकट नेपाल महिला संघले सरकारको कार्यशैलीको विरोधमा शनिबार दैलेखमा प्रदर्शन गरेको छ । महिला संघ दैलेखले अगुवाईमा शनिबार दैलेख सदरमुकाममा सरकारविरुद्ध विरोध प्रदर्शन गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अधिनायकवाद लाद्न थालेको भन्दै देशभर विरोध प्रदर्शन गरेको नेपाल महिला संघ दैलेखका अध्यक्ष सिता कुमारी रानाले जानकारी दिनुभयो ।

कम्युनिष्ट सरकारको चमत्कार महंगी, बलात्कार र भ्रष्टाचार तथा अभिनायकवादी सरकारको चरित्र विरुद्ध दैलेखमा पनि प्रर्दशन गरिएको उहाँको भनाई छ । दैलेख सदरमुकाममा भएको विरोध सभालाई सम्बोधन गर्दै नेपाल महिला संघ दैलेखका अध्यक्ष सिता कुमारी रानाले कम्युनिष्ट सरकारले देशमा अमनचयन, शान्ति सुरक्षा कायम गर्न नसक्नुले जनता आजित भैसकेको बताउनुभयो ।

अहिलेको सरकारले दण्डहीनतालाई प्रश्रय दिएको, निर्मला हत्याकाण्डबारे गम्भीर नभएको, दोषीलाई कारबाहीको दायरामा ल्याउन नसकेको बताउँदै अध्यक्ष रानाले सरकार महिला तथा बालबालिका हिंसाबारे गम्भीर नभएको औल्याउनुभयो ।
विरोधसभामा नेपाली काँग्रेस देलेखका कोषाध्यक्ष पूर्ण बहादुर खत्री, महासमिति सदस्य खेमराज केसी र महाधिवेशन प्रतिनीधि प्रभा सिजापती लगाएतले वर्तमान सरकार भ्रष्टचारमा निर्लिप्त भएको, महँगी, बलात्कार बढेको, देशमा सुशासन कायम गर्न नसकेको, सुरक्षा दिन नसकेको भन्दै सरकारलाई सच्चिन आग्रह गरेका थिए ।

प्रतिक्रिया