चामल नविक्दा गोदाममै थन्कियो

चामल नविक्दा गोदाममै थन्कियो

गोविन्द केसी
दैलेख, असोज २८ – ३ वर्षअघि दैलेख सदरमुकाममा रहेको खाद्य संस्थान शाखामा चामल लिनको लागि हाडालुज हुन्थ्यो । विहानदेखी साँझसम्म चामल वितरण गर्न कर्मचारीहरु असिनपसिन देखीन्थे । चामल लिनेको लाईन आखाको नजरभन्दा टाढा टाढासम्म देखीन्थ्यो । यतिसम्म की २ दिनसम्म लगाएर सदरमुकाममा चामल ल्याउन आउँथे । तर, अहिले त्यो समय परिवर्तन भईसकेको सहज अनुमान गर्न सकिन्छ । यहाँका नागरिकहरुको दिनचार्य धेरै परिवर्तन भईसकेको खाद्य संस्थानका चामलको गोदामले प्रष्ट देख्न सकिन्छ ।

दैलेख सदरमुकामस्थित गोदाममा थन्किएको चामल । गोदामको चामल देखाँउदै कार्यालय प्रमुख जयराज शाही
दैलेख सदरमुकामस्थित गोदाममा थन्किएको चामल । गोदामको चामल देखाँउदै कार्यालय प्रमुख जयराज शाही
दैलेख सदरमुकामस्थित गोदाममा थन्किएको चामल । गोदामको चामल देखाँउदै कार्यालय प्रमुख जयराज शाही
दैलेख सदरमुकामस्थित गोदाममा थन्किएको चामल । गोदामको चामल देखाँउदै कार्यालय प्रमुख जयराज शाही

विगत ३÷४ वर्षमा खाद्य संस्थान आउने सेवाग्राहीहरु चुटुक्कै छाडे । सदरमुकामदेखी गाउँ–गाउँ सडकको पहुँच, नयाँनयाँ बजारको विस्तार, बजार प्रतिस्पर्धा, उत्पादनमुखी समाज, चेतनास्तर वृद्धि लगायतका कुराहरुमा समाज निकै अगाडी भईसकेकाले चामल लिन भिड् लाग्ने नागरिकहरु शुल्य अवस्थामा झरेको हो । अहिले गाउँका बजारमै संस्थान र सदरमुकामभन्दा कम मुल्यमा खाद्य सामाग्रीहरु पाईन थालेसंगै सदरमुकाममा आमनागरिकको पहुँच कम हुने गरेको हो ।
पहिले उत्पादन कम हुने भएकाले जिल्लाका करिव १ दर्जन गाविसमा खाद्य अभाव हुने गर्दथे । बजारमा चामलको मुल्य खाईसक्नु थिएन् त्यसैले खाद्य संस्थानको चामलमै निर्भर हुनुपर्ने बाध्यता आम सेवाग्राहीलाई थियो । सदरमुकाम लगायत ती गाविसहरुमा उत्पादन बढेसंगै बजारमा संस्थानभन्दा कम मुल्यमा चामलहरु भित्रिन थालेपछि संस्थानका चामल गोदामै थन्किएको हो । łपहिले ३ दिनसम्म लाईनमा बसेर पनि चामल लिनुपर्ने बाध्यता थियो ।’ गोगनपानीका दिपेन्द्र महताराले भने, अहिले संस्थानबाट दिईने चामलभन्दा संस्तो र राम्रो चामल गाँउमै पाईन्छ । समय परिवर्तनसंगै ती दुखका दिनहरु गए ।’
दुल्लु डिपोमा २ हजार र दैलेख शाखामा ५ हजार क्यून्टल चामलको कोटा छ । कोटा अनुसार ल्याईएको चामल नविक्दा गोदाममै थन्किएको छ । चामल विक्रिमा खडेरी नै लागेको खाद्य संस्थान शाखा दैलेखका कार्यालय प्रमुख जयराज शाहीले बताए । łविगतमा कर्मचारीलाई चामल वितरणमा फुर्सदनै हुन्थेन् ।’ कार्यालय प्रमुख शाहीले भने, अहिले विकाउनै गाह्रो परेको छ ।’ संस्थानको मुल्यभन्दा बजारमा भारतिय चामल सस्तो र गाँउमै पाईने भएकाले विक्रि नहुँनुको प्रमुख कारण भएको उनले बताए । दैलेखमा भारतिय चामलको विकविकीले ठुलो हिस्सा ओगटेको छ । खाद्य संस्थानमा अरुवा मोटो ३६ रुपैँया र अरुवा मध्यम ३९ रुपैँया ५० पैसामा विक्रिका लागि तोकिएको छ । तर, भारतिय चामल जिरा मन्सुली, मोटो चामल, माला राम्रो सस्तोमा बजारका पसल मार्फत विक्रि गरिन्छ ।

प्रतिक्रिया