बालबालिकामाथी हुने जोखिम तथा हिंसा कम गरिने

बालबालिकामाथी हुने  जोखिम तथा हिंसा कम गरिने

दैलेख – जिल्लाको भैरवी गाउँपालिकाका र कालिकोटको पलाँता गाउँपालिका भित्रका बालबालिका माथी हुने जोखिम तथा हिंसा कम गरिने भएको छ । एइआइएन लक्जेक्वर्गको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा संचालित महिला युवा तथा बाल अधिकार प्रर्वद्धनका लागि (आधार) परियोजनाले सो कार्य गर्ने भएको हो । सन २०१९ देखि २०२० सम्म संचालन हुने उक्त परियोजना मार्फत बालबालिकाहरु जोखिम तथा हिंसाबाट सुरक्षित रहि उनिहरुलाई आफ्ना अधिकारबारे जानकार गराईने परियोजना संयोजक दुर्गा गिरीले बताउनुभयो । महिला युवा तथा बालबालिकालाई लक्षित गरि संचालन भएको उक्त कार्यक्रमले बाल क्लबहरुलाई व्यवस्थित गराई विभिन्न शैक्षिक तथा स्वास्थ्य संस्थाहरुको निर्णायक तहमा प्रतिनिधित्व गर्नेछन् । ‘बालबालिकाहरुको घरमा सिकाई वातावरण सुधार भएको हुनेछ,’ संयोजक गिरीले भन्नुभयो ‘विद्यालय बाल मैत्री वातावरणमा सुधार हुनेछ भने युवाहरु सुरक्षित बसाईसराईबारे जानकार भई स्वरोजगारमा संलग्न हुनेछन् ।’ परियोजनाले युवाहरुलाई आफ्नो अधिकार र कतव्र्यबारे जानकार गराई विकासका गतिवीधीमा संलग्न बनाउने उदेश्य राखेको संयोजक गिरीको भनाई छ ।
परियोजना लक्षित समुदायमा स्वरोजगारका अबसरहरुको सृजनाबाट गरीब तथा सिमान्तकृत युवाहरुको आम्दानीमा बृद्धि गराइनेछ । उहाँका अनुसार गरीब तथा सिमान्तकृत महिलाहरुको आम्दानीमा बृद्धि भएको हुनुका साथै अधिकार र सेवाको पहुँच हुने लगाएतका उदेश्यहरु परियोजनाको छ । यि उदेश्यहरु प्राप्तीका लागि परियोजनाले विभिन्न गतिवीधीहरु संचालन गर्नेछ । परियोजना संयोजक गिरीका अनुसार स्थानीय स्तरमा बाल क्लब तथा महिला संजाल गठन गरी बालबालिकाको क्षमता विकासका कार्यक्रम संचालन गरिनेछ । यस्तै जोखिममा परेका बालबालिका तथा महिलाहरुको उद्धार, राहत तथा पुर्नस्थापनाका कार्यक्रमहरु संचालन हुनेछन् । युवा क्लब तथा संजाल गठन गरि उनिहरुको सिप विकास तथा क्षमता विकासका क्रियाकलापहरु संचालन गरिने उहाँको भनाई छ । संयोजक गिरीका अनुसार महिला समुह तथा संजाल गठन गरी उनिहरुको क्षमता तथा सिप विकासको क्रियाकलापहरु संचालन गरी आयआर्जनका लागि सहयोग गरिनेछ ।
यसैविच दैलेखको भैरवी गाउँपालिकामा महिला युवा तथा बाल अधिकार प्रर्वद्धनका लागि (आधार) परियोजना एवं घरेलु हिंसा बाल अधिकार र बाल हेल्पलाइन १०९८ बारे अभिमुखिकरण कार्यक्रम आइतवार सम्पन्न भएको छ । एइआइएन लक्जेक्वर्गको सहयोग, भैरवी गाउँपालिकाको समन्वय तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका आयोजनामा भएको उक्त कार्यक्रममा परियोजना संयोजक दुर्गा गिरीले परियोजनाबारे जानकारी गराउनुभएको थियो । यस्तै बाल हेल्पलाइन संयोजक रमा श्रेष्ठले बाल हेल्पलाइन १०९८बारे जानकारी गराउनु भएको थियो । उहाँले घरेलु हिंसा तथा बाल अधिकारका बारेमा समेत जानकारी गराउनुभएको छ ।
कार्यक्रममा बोल्नुहुँदै भैरवी गाउँपालिकाका उपाध्यक्ष पदम कुमार विष्टले अहिले भौतीक विकास मात्रै नभई सामाजिक विकासको आवश्यकता रहेको औल्याउनुभयो । सामाजिक विकास भएमात्रै सम्मुनत समाज निर्माण गर्न सकिने बताउँदै उपाध्यक्ष विष्टले महिलाको जनजिविकासँग जोडिएको महिला हिंसा लगाएतका सामाजिक कुरिती र कुसंस्कार अन्त्य गर्नुपर्ने उहाँको भनाई छ । त्यसका लागि सिंगो गाउँपालिकाले सामाजिक संघसंस्थाहरुको सहयोग लिएर काम गर्ने बताउनुभयो । स्थानीय सरकार र गैससहरुको हातेमालोबाट सामाजिक विकास सम्भव रहेको उहाँको दावी छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन प्रसाद देवकोटाले समुदाय स्तरमा खटिने कर्मचारीहरु समाज रुपान्तरणको संवाहक भएको बताउनुभयो । भैरवी गाउँपालिका वडा नं. ३ का वडाअध्यक्ष देवी भण्डारीले हिंसा मुक्त समाज निर्माणमा सबै लाग्नुपर्ने बताउनुभयो । समाजकोे परिवर्तनका लागि सर्वप्रथम आफैबाट परिवर्तनको सुरुवात आवश्यक रहेको उहाँको भनाई छ । कार्यक्रममा गाउँपालिकाका जनप्रतिनीधि, महिला संजालका प्रतिनीधि, कर्मचारी लगाएतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया