युवाहरुलाई सुरक्षित बसाईसराई तालिम

युवाहरुलाई सुरक्षित बसाईसराई तालिम

दैलेख चैत २६ ।
दैलेखको भैरबी गाउँपालिकामा सुरक्षित बसाई सराई तथा सरुवा रोग सम्बन्धि एक दिने तालिम सम्पन्न भएको छ । एईआएन लक्जेम्बर्र्गको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्वारा संचालित महिला युवा तथा बाल अधिकार प्रर्वद्धनका लागि (आधार) परियोजनाको आयोजनामा युवाहरुका लागि एक दिने तालिम प्रदान गरिएको हो ।

असुरक्षित बसाई सराई न्यूनिकरणका लागि युवाहरुलाई सचेत बनाउने उदेश्यले तालिम प्रदान गरिएको आधार परियोजना संयोजक दुर्गा गिरीले जानकारी दिनुभयो । परियोजना संयोजक गिरीका अनुसार तालिममा यौनजन्य लगाएतका सरुवा रोगबाट बच्ने उपाए बारे युवाहरुलाई जानकारी दिईएको छ ।
तालिममा सहभागि युवा क्लकका पदाधिकारीहरु मार्फत समुदाय स्तरमा जनचेतना अभिबृद्धि गर्ने उदेश्यका साथ तालिमको आयोजना गरिएको परियोजना संयोजक गिरीको भनाई छ । तालिममा भैरबी गाउँपालिका वडा नं. १, २, ३ र ४ मा गठित युवाक्लबका पदाधिकारीहरु सहभागि थिए । तालिमको परियोजनाका सामाजिक परिचालक निर्मला नेपाली, कमला खडायत र कृषि प्राविधिकले सहजिकरण गरेका थिए ।

प्रतिक्रिया