रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानद्वारा दैलेखका याम बहादुर विक सम्मानित

रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानद्वारा दैलेखका याम बहादुर विक सम्मानित

दैलेख वैशाख ८ ।

रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान, झापाले देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार दैलेखका यामबहादुर विकलाई प्रदान गरेको छ । कक्षा ११ मा अध्ययनरत विकले बालविवाह न्यूनीकरण, बालहिंसा र लैंगिक हिंसाविरुद्ध जनचेतना वृद्धिका लागि अनुकरणीय काम गरेको भन्दै प्रतिष्ठानले शनिवार विकलाई पुरस्कृत गरेको हो । उनले ५१ हजार एक सय ११ रुपैयाँ राशिको पुरस्कार पाए । कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीले पुरस्कार प्रदान गरेका हुन । प्रतिष्ठानले अन्य विधाका व्यक्तिलाई समेत पुरस्कृत गरेको छ ।

प्रतिष्ठानले ‘अबिम्कादेवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार प्रा.पी खरेललाई प्रदान गरेको छ । पत्रकारिता तथा आमसञ्चार क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै प्रतिष्ठानले शनिबार खरेललाई एक लाख एक हजार एक सय ११ रुपैयाँ राशिको पुरस्कार प्रदान गरेको हो । प्रतिष्ठानले कृषि क्षेत्रमा योगदान पु¥याएको भन्दै ‘रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार’ डा. केदार बुढाथोकी र ‘गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार’ सामाजिक अभियन्ता दुर्गा घिमिरेलाई प्रदान गरेको छ । दुवै पुरस्कारको राशि एक लाख एक हजार एक सय ११ रुपैयाँ छ ।
प्रतिष्ठानले सन् २०१२ देखि समाज सकारात्मक, नवीन र परिवर्तनकारी कार्य गर्ने व्यक्ति तथा संस्थालाई चार विधामा पुरस्कृत गर्दै आएको छ । पुरस्कार वितरण कार्यक्रममा नेता सिपी मैनाली, राधाकृष्ण मैनाली, देवी ओझा, प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, वरिष्ठपत्रकार भैरव रिसाल लगायत विशिष्ठ व्यक्तित्वको पनि उपस्थिति थियो ।

प्रतिक्रिया