डुङ्गेश्वरमा न्यायिक बाह्यपहुंच कार्यक्रम

डुङ्गेश्वरमा न्यायिक बाह्यपहुंच कार्यक्रम

?

दैलेख वैशाख १५ गते ।
दैलेख जिल्ला अदालत, जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकील कार्यालयले डुंगेश्वर गाउँपालिका–६ को माथिल्लो डुंगेश्वरमा संयुक्त रुपमा कानूनी शिक्षा सम्वन्धी न्यायिक बाह्यपहुंच कार्यक्रम गरेका छन् । अपराध र सामाजिक असमानता पीडितहरुले कानूनी सहयोग लिने प्रक्रिया विषयमा अभिमुखीकरण गरिएको छ । जिल्ला न्यायाधीश सनतचन्द्र लवट, जिल्ला न्यायाधिबक्ता द्रोणदत्त पौडेल र माथिल्लो डुंगेश्वर प्रहरी चौकीका इञ्चार्ज दिपेन्द्र चौधरीले सो विषयमा पीडितले न्याय पाउने प्रक्रिया, कानूनी रीत तथा प्रमाणको संरक्षण र फैसला कार्यान्वयन पद्धति विषयमा प्रकाश पार्नुभएको थियो ।
डुंगेश्वर गाउँपालिका–६ माथिल्लो डुंगेश्वरका स्थानीय बासिन्दा, सरोकारवाला निकाय र विद्यालय शिक्षक तथा बालबालिकाको पनि कार्यक्रम सहभागिता थियो । त्यसबखत सर्वसाधारणले प्रहरी जनमैत्री हुनुपर्ने, अदालतले गरेका फैसला कार्यान्वयनमा प्रभावकारिता बढाउनुपर्ने सुझाव दिएका थिए ।
समुदायबाट उठेको प्रश्नहरुको जवाफ डुंगेश्वर गाउँपालिकाका उपाध्यक्ष सीता ज्ञवाली र दैलेख जिल्ला अदालतका श्रेस्तेदार अधिकृत प्रेमप्रसाद पौडेलले दिनुभएको थियो ।

प्रतिक्रिया