बाल विवाह हुँदा मुखदर्शक नबन्नुहोस् : अध्यक्ष थापा

बाल विवाह हुँदा मुखदर्शक नबन्नुहोस् : अध्यक्ष थापा

दैलेख जेठ ९ गते ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका अध्यक्ष हीरासिंह थापाले आफ्नै टोल समुदायमा वरपर बाल विवाह हुँदा मुखदर्शक नबन्न आग्रह गर्नुभएको । बाल विवाह अन्त्यको अभियान नेपाल सरकारको मात्र नभई आम नागरिकको पनि भएको बताउँदै अध्यक्ष थापाले उमेर नपुगी भएको विवाह रोक्नुपर्ने बताउनुभएको हो । गुरासँ गाउँपालिकाको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको आयोजनामा भएको गुराँस कचहरी सहजकर्ताका लागि तीन लिने प्रशिक्षक प्रशिक्षण तालिमको समापन गर्नुहुँदै अध्यक्ष थापाले यस्तो बताउनुभएको हो ।
युवाहरुलाई नयाँ जोसजाँगर ल्याउने र कुलतमा लागेका युवाहरुलाई सहि बाटोमा ल्याउने उदेश्यले गुराँस युवा कचहरी संचालन गर्न लागिएको उहाँको भनाई छ । जिल्लामा नयाँ कार्यको थालनी गरेको बताउँदै अध्यक्ष थापाले परिणाम देखिनेगरि काम गर्न सहजकर्ताहरुलाई आग्रह गर्नुभयो ।
तालिम समापनका अबसरमा प्रहरी चौकी रानिमत्ताका इन्चार्ज प्रहरी सहायक निरिक्षक चन्द्र गिरीले सोसेकले संचालन गरेका गतिविधिले समाज रुपान्तरणमा सघाउँ पुगेको बताउनुभयो । उहाँले गुराँस गाउँपालिका भित्र बाल विवाह भए प्रहरीलाई खबर गर्न आग्रह गर्नुभयो । तीन दिने तालिमको सहजिकरण तालिम सहजकर्ता सजना सुनारले गर्नुभएको थियो ।

तालिम अवधीभर सहजकर्ताहरुलाई समाजमा विद्यमान विकृति विसंगती, गलत अभ्यासहरु बाल विवाह, बहुविवाह, छाउप्रर्था, चेलीबेटी बेचविखन लगाएतका विषयमा अभिमुखिकरण गरिएको थियो । तालिम सहजकर्ता सुनारका अनुसार समाज रुपान्तरणका लागि युवाहरुलाई जीवनउपयोगी सिपबारे समेत अभिमुखिकरण गरिएको छ । समापनमा तालिम सहजकर्ता सुनारले सहजकर्ताहरु मार्फत समाज परिवर्तन गर्ने अभियानले सार्थकता पाउने विश्वास व्यक्त गर्नुभयो ।
गुराँस गाउँपालिकाका सात वटा वडाका सहजकर्तालाई तालिम प्रदान गरिएको हो । उनिहरुले आ–आफ्नो वडामा गएर एउटा समुदायमा गुराँस युवा कचहरी संचालनमा ल्याउनेछन् ।

प्रतिक्रिया