निर्वाचन परिणाम सुनेर कांग्रेस नेताको निधन

निर्वाचन परिणाम सुनेर कांग्रेस नेताको निधन

काठमाडौं, १० जेठ । भारतीय लोकसभा चुनावमा मतगणना हेर्दा हेर्दै एकजना भारतीय राष्ट्रिय काँग्रेस नेताको हृदयघात भएर मृत्यु भएको छ । आज तकका अनुसार मध्यप्रदेश राज्यको सिहोर जिल्लाका जिल्ला अध्यक्ष रतन सिंह मतगणना केन्द्रमा मत गिन्ती हेर्दा हेर्दै बहोस भएका थिए ।

मतगणना केन्द्रमा बसेकाहरुका अनुसार मतगणना केन्द्रमा पुगेका ठाकुर कुर्सीमा बसिरहेका थिए । बस्दाबस्दै उनी कुर्सिमै लडेका थिए ।

उनलाई तत्कालै अस्पताल पुर्याइएको थियो तर उनलाई त्यहाँ मृत घोषित गरियो । मध्यप्रदेशमा भाजपा अगाडि छन् भने काँग्रेसका कतिपय ठूला नेताहरु पनि पछाडि परेका छन् । सन् २०१४ पनि भाजपाले २९ सीटमा २७ सीट हात पारेको थियो । अहिले भाजपा २८ सीटमा अगाडि छ भने काँग्रेस एउटा सीटमा अग्रता लिइरहेको छ । एजेन्सी

प्रतिक्रिया