प्रथम पंचकोशी रनिङ्ग शिल्ड प्रतियोगिता

प्रथम पंचकोशी रनिङ्ग शिल्ड प्रतियोगिता

दुल्लू नगपालिकाको आयोजनामा शुक्रबार प्रथम पंचकोशी रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन भएकोछ । संविधान सभा सदस्य लश्मि प्रसाद पोखरेलले दुल्लू नगरपालिकाले खेल र खेलाडीको बिकास गर्नका लागि चालेको कदम सरहानिय भएको बताउनु भएकोछ ।

उहाँले दुल्लू नगपालिकाको आयोजना गरेको प्रथम पंचकोशी रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो । यस्तै कामलाई निरन्तरता दिन पनि नगरपालिकालाई उहाँले सुझाव दिनु भएको छ । कार्यक्रममा दुल्लू नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले कप भन्दा पनि पंचकोशी को प्रचार प्रसार गर्नको लागि पंचकोशी रनिङ्ग शिल्ड प्रकतियोगिता सञ्चालन गरिएको बताउनु भयो । प्रमुख भण्डारीले यो प्रतियोगितालाई निरन्तरता दिने प्रतिवद्धता गर्नु भएको छ ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद, युवा परिचाल र शसक्तिकरणका लागि खेलकुद भन्ने मुल नाराका साथ प्रतियोगिता सञ्चालन भएको छ । प्रथम पंचकोशी रनिङ्ग शिल्ड प्रतियोगिततामा दुल्लू नगरपालिकाका १३ वटै माविको सहभागिता रहेको छ ।
प्रथम पंचकोशी रनिङ्ग शिल्ड प्रतियोगिततामा शुक्रबार सञ्चालन भएको छात्रा तर्फको भलिवल प्रतियोतिामा कालिका देवी मावि हाडेआवतले भानेश्वर मावि नाउलेलाई हराउँदै विजयी भएको छ । पंचकोशी ज्वाला मावि गमौडीले नेरा मावि कृतिखम्वलाई पराजित गर्दै विजयी भएको छ । यस्तै छात्र तर्फको सटफुटमा विजया मावि प्रथम, सरस्वती मावि कृष्णकोट दृतिय भएका छन । छात्रा तर्फको सर्टफुटमा धुलेश्वर मावि प्रथम, सुर्यदय मावि दृतिय भएका छन ।

प्रतिक्रिया