जातिय भेदभाव गर्ने र छाउगोठ राख्नेलाई स्थानीय तहको सुविधा रोक्का

जातिय भेदभाव गर्ने र छाउगोठ राख्नेलाई स्थानीय तहको सुविधा रोक्का

दैलेख जेठ १२ ।
नेपालमा छाउपडी प्रथालाई कानुनी रुपमा अपराध मानिएको छ । मुलुकी ऐनलाई विस्थापित गरी ल्याइएको नयाँ कानुनले छाउपडीलाई अपराध मानेको छ । २०७५ भदौ १ गतेबाट लागु भएको अपराध संहितामा यस अघि नैतिक अपराध मानिएको छाउपडी प्रर्थालाई कानुनी रुपमा अपधान मानेको छ । संहितामा कसैलाई महिनावारी भएका बेला छाउगोठमा बस्न बाध्य पारिए, त्यो अपराध हुने भनिएता पनि अन्धविश्वासका कारण दैलेखका विभिन्न क्षेत्रमा छाउपडी प्रथा कायमै छ ।

देउताका नाममा मानिदै आएको छाउपडी प्रथा कायमै रहेका बेला दैलेख पश्चिमको आठबीस नगरपालिकाले छाउगोठ राख्नेलाई स्थानीय तहबाट प्रदान गरिने सेवा सुविधा रोक्का गर्ने घोषणा गरेको छ । साताव्यापी रुपमा संचालित जातिय भेदभाव उन्मुलन तथा छाउपडी सचेतना कार्यक्रममा नगरपालिकाका प्रमुख खड्गराज उपाध्यायले यस्तो घोषणा गर्नुभएको हो ।
नगरप्रमुख उपाध्यायले भन्नुभयो ‘छाउगोठ राख्ने र मान्नेलाई नगपालिकाबाट कुनै पनि सेवा सुविधा दिदैँनौ ।’ उहाँले नगरक्षेत्र भित्र जातिय भेदभाव तथा छुवाछुत गर्नेलाई समेत नगरपालिकाबाट प्रदान गरिने सेवा सुविधा रोक्का गरिने बताउनुभयो ।

जातिय भेदभाव तथा छाउपडी सम्बन्धि विभिन्न कार्यक्रमहरु हँुदै आएको भएतापनि नगरले छाउपडी सम्बन्धि बदनाम परिचय बनाएको उहाँको तर्क छ । त्यस्ता सचेतनामुलक कार्यक्रममा सहभागी हुनेहरुलाई समेत नगरपालिकाल निगरानी गर्ने उहाँको भनाई छ । उहाँका अनुसार नगरपालिकाले छाउपडी नमान्ने र भेदभाव नगर्ने घरमा रातो झण्डा अनिवार्य राख्न लगाउनेछ ।
नगरपालिकाको उप–प्रमुख दिपा बोहोराले छाउपडी प्रथा अन्त्यका लागि सवै भन्दा पहिला महिला दिदिबहिनीहरु नै परिवर्तनको दायरामा आउनुपर्ने बताउनुभयो ।

‘महिला दिदिबहिनिहरुले यस्ता रुढीबादी परम्पराको बिरुद्ध आवाज उठाउनु पर्छ,’ उपप्रमुख बोहोराले भन्नुभयो । यहि जेठ ५ गते देखि संचालन भएको साताव्यापी सचेतना कार्यक्रम आठबीस नगरपालिकाको सिगौडी, सात्तला, तिलेपाटा र राकमकर्णालीमा संचालन गरिएको थियो । आठबिस नगरपालिकाको आर्थिक सहयोग तथा राउटे लोपोउन्मुख वर्ग उत्थान प्रतिष्ठानद्धारा आयोजित कार्यक्रममा स्थानीय धामीझाक्री,पण्डित, जनप्रतिनिधी र स्थानियहरुको सहभागिता रहेको थियो । समाज परिवर्तनको लागि धामी, झाक्रीले सकारात्मक भुमिका खेल्नुपर्नेमा सहभागी धामीझाक्रीहरुले बताएका छन् । प्रत्येक सहभागिहरुले घर–घरमा झण्डा राखि भेदभाव रहित तथा छाउगोठ मुक्त घर बनाउने प्रतिबद्धता व्यक्त गरेको प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया