पञ्चकोशी रनिङ्ग शिल्ड प्रतियोगिता : १५ सय मिटर दौडमा सरस्वती मावी बिनायकी कृष्णा भण्डारी प्रथम

पञ्चकोशी रनिङ्ग शिल्ड प्रतियोगिता : १५ सय मिटर दौडमा सरस्वती मावी बिनायकी कृष्णा भण्डारी प्रथम

दैलेख (दुल्लु) १३ जेठ
दुल्लुमा जारी प्रथम पञ्चकोशी रनिङ्ग शिल्ड प्रतियोगिता अन्तरर्गत आइतवार संचालन भएको १५ सय मिटर दौडमा छात्रा तर्फ सरस्वती मावि बिनायककी कृष्ण भण्डारी प्रथम भएकी छन् । दुल्लु नगरपालिकाले आयोजना गरेको उक्त प्रतियोगितामा छात्र तर्फको१५ सय मिटर दौडमा भानु मावि तोरायाँका जगत रावत प्रथम भएका छन भने दृतिय सरस्वती मावि विनायकका मिन भण्डारी र तृतिय स्थानमा जयदेवी मावि छिउडिका देवेन्द्र खड्का भएका छन् । यस्तै १ सय मिटर दौडमा छात्र तर्फको खेलमा ज्वाला मावि गमैडीका दिपेन्द्र सुनार प्रथम भउका छन् भने सुर्योदय मावि लम्सुका भानुभक्त लम्साल दृतिय भएका छन । तृतिय स्थानमा भने सरस्वती मावि कृष्णकोटका धिरेन्द्र कार्की भएका छन ।
यस्तै छात्र तर्फको ८ सय मिटर दौडमा भानु मावि तोरायाँका सुरेन्द्र सुनार प्रथम भएका छन भने दृतिय स्थानमा कालिका मावि हाडेआपतका गणेश खड्का र तृतिय सरस्वती देवी मावि विनायकका दिपेन्द्र भण्डारी भएका छन । यसैविच छात्रा तर्फको ८ सय मिटर दौडमा भने सरस्वती देवी मावि विनायकका कृष्ण भण्डारी प्रथम भएकी छन् भने दृतिय स्थानमा ज्वाला पंचकोशी मावि गमौडीका कोपिला मेनाल र तृतिय स्थानमा सरस्वती मावि कृष्णकोटका निमसरा विक भएकी छन ।
यस्तै आईतवार नै सञ्चालन भएको छात्र तर्फको सटफुटमा प्रथम स्थानमा सरस्वती मावि कृष्णकोटका धिरेन्द्र कार्की भएका छन । दृतिय स्थान नेरामावि लेखालगाउँका छात्रले हात पारेका छन् । यस्तै तृतिय स्थानमा ज्वाला पंचकोशी गमैडीले हात पारेको छ । छात्रा तर्फको सटफुटमा कालिका मावि हाडेआवका लक्ष्मी शाहीले प्रथम स्थान हासिल गरेकी छन् । दृतिय स्थानमा भानेश्वर मावि नाउलीकी मनिसा खड्का भएकीछन भने तृतिय स्थानमा सरस्वती देवी मावि विनायकका कृष्ण भण्डारीले हात पारेकी छन । यस्तै छात्र तर्फको ज्याप्लीङमा नेरामावि लेखालगाउँले प्रथम स्थान हात पारेको छ । यस्तै दृतिय स्थानमा सुर्योदय मावि लम्सु भएको छ भने तृतिय स्थानमा सरस्वती मावि कृष्णकोट सफल भएको छ । यस्तै छात्रा तर्फको ज्याप्लीङमा कालिका मावि हाडेआवतले प्रथम स्थान हासिल गरेको छ ।
यस्तै आइतवार सञ्चालन भएको छात्रा तर्फको कप्पडी खेलमा कालिका देवी मावि हाडेआवत र सरस्वती मावि कृष्णकोट फाइनल प्रवेश गरेका छन् । छात्रा तर्फको भलिवलमा भानेश्वर मावि नाउले फाइनल प्रवश गरेको छ । फाइनको लागि आज कालिका मावि हाडेआवत र नेरा मावि कृतिखम्व विच खेल हुनेछ । यसैविच छात्रा तर्फको भलिवलमा क्वाटरफाइनलका खेलहरु सकिएका छन् । सरस्वती मावि विनायक, कालिका मावि हाडेआवत, प्रेमदेवी मावि धामीगाउँ, नेरामावि कृतिखम्व सेमिफाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलका खेलहरु आज भईरहेको छ ।

प्रतिक्रिया