आयआर्जन र छात्रबृति सहयोगको अनुगमन

आयआर्जन र छात्रबृति सहयोगको अनुगमन

दैलेख– बाल हेल्पलाइन १०९८, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख मार्फत आयआर्जन र छात्रबृति सहयोग पाएका महिला र बालबालिकाको अवस्थाबारे अनुगमन गरिएको छ । केन्द्रिय बाल कल्याण समितिको टोलीले उक्त अनुगमन गरेको हो । अनुगमनका लागि केन्द्रिय बाल कल्याण समितिका बाल संरक्षण अधिकृत सुनिता शाह, कार्यक्रम सहायक मिना केसी दैलेख आइपुग्नुभएको थियो । टोलीले आयआर्जन आर्थीक सहयोग पाएका महिला, जोखिममा परी छात्रबृति सहयोग पाएका बालबालिकाको अवस्थाबारे अनुगमन गरेको बाल हेल्पलाइन संयोजक रमा श्रेष्ठले बताउनुभयो । चालु आर्थीक बर्षमा बाल हेल्पलाइनबाट महिला र बालबालिकाले लिएका सेवा बारे समेत अनुगमन गरिएको हो ।

केन्द्रिय बालकल्याण समिति र १०९८ बालहेल्पलाईन दैलेखको टोलीले बाल हेल्पलाईनबाट छात्रवृत्ति सहयोग पाएकी बालिका सारदा बुढा, आपतकालीन गृह (आवासीय) को संरक्षणमा रहेर छात्रवृत्ति सहयोग लिएकी बालिका श्रृष्टि बुढा लगाएतका महिला र बालबालिकाको वर्तमान अवस्थाबारे पनि स्थलगत अनुगमन गरेको हेल्पलाइन संयोजक श्रेष्ठले बताउनुभयो ।
साथै सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखका कार्यसमिति र कर्मचारीहरुसँग छलफल समेत गरिएको छ । छलफलमा केन्द्रिय बाल कल्याण समितिका बाल संरक्षण अधिकृत सुनिता शाह, कार्यक्रम सहायक मिना केसी, सोसेकका अध्यक्ष हीरासिंह थापा, महासचिव दुर्गा श्रेष्ठ, कोषाध्यक्ष तारा बोगटी, सदस्यहरु टिका जैसी, लक्षमण कार्की, कमला कुमारी नेपाली, कृष्णा रावत, उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठ, बाल हेल्पलाइन संयोजक रमा श्रेष्ठ लगाएत सहभागि थिए ।
अनुगमन पश्चात केन्द्रिय बाल कल्याण समितिका बाल संरक्षण अधिकृत सुनिता शाहले बाल हेल्पलाइन १०९८, सोसेक नेपालले सराहनीय कार्य गरेको प्रतिक्रिया दिनुभयो । सोसेकले जोखिममा परेका बालबालिकालाई आवश्यक सहयोग गर्ने लगाएतका कार्यहरु गरिरहेको भन्दै शाहले यस्ता कार्यक्रमहरु निरन्तर हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया