गाउँ बालसञ्जाल पुनर्गठन

गाउँ बालसञ्जाल पुनर्गठन

दैलेख– गुराँस गाउपालिकाको बाल क्लव पुनर्गठन भएको छ । क्लबको अध्यक्षमा कल्पना रामजाली उपाध्यक्षमा भुपेन्द्र सुनार, सचिवमा झलक वि.सि., सह सचिवमा रिना वि.क., कोषाध्यक्षमा प्रकाण्ड वि.सि. चयन भएका छन् । यसैगरी सदस्यहरुमा भूमिका थापा, कल्पना वि.सि., लक्ष्मी शाह, दिलिप भटराई, शुशिल खड्का र निश्चल परिवार रहेका छन् ।
बाल सञ्जाल पुनर्गठनसँगै बालक्लवमा समावेशी सहभागीता सम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ । सेभ द चिलड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा सञ्चालित सहयात्रा परियोजनाको सहयोग सञ्चालित उक्त तालिमको सहजीकरण परियोजनाका बाल अधिकार शासन तथा बालसंरक्षण संयोजक निर्मल अधिकारीले गरेका थिए ।
बालबालिकाका आवाजहरुको उठान गरी समस्याको समाधान गर्न गाउँ बाल सञ्जालले सक्दो सहयोग गर्ने नवनिर्वाचित अध्यक्ष कल्पना रामजालीले बताईन । ‘बालविवाह, छाउपडी, बालश्रम न्यूनीकरण लगायतका कार्य गर्न बाल सञ्जालले सक्रिय भूमिका निर्वाह गर्नेछ,’ अध्यक्ष रामजालीले भनिन् ।

प्रतिक्रिया