दलिय हस्तक्षेपको एक नमुना एक शिक्षकको पदपूर्तीमा तीन शिक्षकको नियुक्ति

दलिय हस्तक्षेपको एक नमुना एक शिक्षकको पदपूर्तीमा तीन शिक्षकको नियुक्ति

गोविन्द के.सी.
दैलेख, कात्तिक ७ – दलिय हस्तक्षेपका कारण दैलेखमा शिक्षक नियूक्तीमा भागबण्डा गरीएको छ । एक शिक्षकको पदपूर्तीमा दलिय हस्तक्षेपले ३ शिक्षकहरु नियूक्त गरिएको हो ।

पिडित शिक्षकले जिल्ला शिक्षा कार्यालयमा दिएको उजुरी पत्र ।
पिडित शिक्षकले जिल्ला शिक्षा कार्यालयमा दिएको उजुरी पत्र ।

रानीवन – ४ स्थित भैरव माध्यमिक विद्यालयमा एक शिक्षकको पदपुर्ती गर्नुपर्नेमा ३ शिक्षक नियूक्ति गरेपछि शिक्षक नियूक्तिबारे रहस्य खुलेको हो । भैरव माध्यमिक विद्यालमा शिक्षक नियुक्तिमा लामो समयसम्म दलिय विवादका कारण विद्यालय नै अप्ठ्यारो परेपछि शिक्षक नियूक्तीमा हस्तक्षेप गरिएसंगै विवाद पनि अन्त्य भएको जनाईएको छ । अन्ततः विद्यालय ब्यवस्थापन समिति र राजनीतिक दलहरुको सहमतिमा १ जना शिक्षक नियुक्ति गर्नुपर्र्नेे भएपनि दलिय हस्तक्षेपका कारण ३ जना शिक्षकलाई नियुक्ति गरेसंगै जिल्ला शिक्षा कार्यालयमा उजुरी पनि परेपछि रहस्य खुलेको हो ।
यो वर्ष जिल्ला शिक्षा कार्यालय दैलेखबाट माविको लागि प्रति विद्यार्थी अनुदान कोटा वितरण प्राप्त भए अनुसार भैरव माध्यमिक विद्यालयमा भदौ २३ गते शिक्षकको पदपूर्तिको लागि विज्ञापन गरीएको थियो भने सोहि विज्ञापन अनुसार शिक्षकका लागि दरखास्त परेपनि विद्यालयले परीक्षा नलिई सर्वसहमतिबाट भन्दै १ जना शिक्षक नियुक्ति गर्नुपर्ने भएपनि ३ जना शिक्षक असोज ५ गतेबाट विद्यालयमा हाजिर हुने गरी नियुक्ति गरिएको छ । जसमा लालबहादुर थापा रानीवन –२, प्रेमबहादुर शाही भैरीकालिकाथुम –९ र सुनिता बोहोरा रानीवन –४ का ३ जना शिक्षकलाई नियुक्ति दिइएको हो ।
जिल्ला शिक्षा कार्यालय दैलेखलाई एक जना पीडित शिक्षकले उजुरी समेत दिएको छ । “भैरव माविका विद्यालय ब्यवस्थापन समिति र प्रधानाध्यापकको मिलेमतोमा जिशिका दैलेखबाट दिईएको मावि पिसीएफ कोटाको तलवको रकम ३ लाख १८ हाजर ३ भागमा विभाजन गर्ने गरी मिलोमत्तोमा मनपरी रुपमा शिक्षक नियुक्ती गरेकाले नियूक्ति बदर गरी नियमअनुसार शिक्षक नियूक्त गरिदिनुहुन भन्दै पिडित शिक्षकले उजुरी दिएका छन् ।
क्याप्सन ः पिडित शिक्षकले जिल्ला शिक्षा कार्यालयमा दिएको उजुरी पत्र ।

प्रतिक्रिया