नगरप्रमुख कपको उपाधी नेपाल आर्मीलाई

नगरप्रमुख कपको उपाधी नेपाल आर्मीलाई

दैलेख जेठ २९ गते ।
दैलेख सदरमुकाममा सम्पन्न प्रथम मेयरकप भलिलब प्रतियोगिताको उपाधी नेपाली सेनाले जितेको छ । दैलेखको नारायण नगरपालिकाद्धारा आयोजित प्रतियोगिताको उपाधी इन्द्रदल गुल्म दैलेखले जितेको हो । आज दिउँसो भएको अन्तिम खेलमा नारायण नगरपालिकाको टिमलाई ३–२ सेटले हराउँदै नेपाली सेनाको इन्द्रदल गुल्म दैलेखको ‘समुह ए’ ले उपाधी जितेको हो । प्रतियोगिताको विजेता समुहले शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।

त्यस्तै उपविजेता नारायण नगरपालिकाको टिमले मेडल र प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगितामा नेपाली सेनाको इन्द्रदल गुल्म दैलेखको ‘समुह बी’ तृतिय स्थान हासिल गरेको छ । तृतिय बनेको इन्द्रदल गुल्म दैलेखको ‘समुह बी’ ले मेडल र प्रमाणपत्र सहित नगद २० हजार रुपैयाँ प्राप्त गरेको छ ।

प्रतियोगिता समापन सभामा नारायण नगरपालिका दैलेखका प्रमुख रत्न बहादुर खड्काले प्रर्याप्त रकम विनियोजन गरेर खेलकुद क्षेत्रलाई विकास गरिने बताउनुभएको छ । दैलेखलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन खेलकुद क्षेत्रको ठुलो भूमिका हुने बताउँनुहुँदै प्रमुख खड्काले खेल क्षेत्रको विकासमा तल्लीन रहने बताउनुभयो ।

प्रतिक्रिया