दैलेख कारागारका कैदीलाई सामग्री प्रदान

दैलेख कारागारका कैदीलाई सामग्री प्रदान

दैलेख जेठ २९ गते ।
दैलेख कारागारका कैदी बन्दीलाई सामग्री हस्तान्तरण गरिएको छ । नेपाल महिला संघ दैलेखले सामग्री हस्तान्तरण गरेको हो । नेपाली प्रजातान्त्रिक आन्दोलनकी अग्रणी महिला नेतृ शैलजा आचार्यको १० औँ स्मृति दिवसका अबसरमा सामग्री हस्तान्तरण गरिएको हो । नेपालको पहिलो महिला उपप्रधानमन्त्री तथा नेपाली काँग्रेसकी बरिष्ठ नेतृ समेत रहनुभएकी आचार्यको स्मृति दिवसको अबसरमा कारागारका कैदीलाई सामग्री हस्तान्तरण गरिएको नेपाल महिला संघ दैलेखका अध्यक्ष सिता कुमारी रानाले बताउनुभयाे ।

स्मृति दिवसका अबसरमा नेपाल महिला संघ दैलेखले कारागारका कैदीबन्दीहरुलाई १५ थान कुर्ची, १ वटा भलिबल, १ थान फिल्टर, १ थान घडी, ८ वटा झुल हस्तान्तरण गरेको हो । यस्तै कारागारका महिला कैदीबन्दीहरुलाई स्तनपान गराउन सहजताका लागि दुई थान पर्दा समेत प्रदान गरिएको छ । महिलाहरुलाई सेनेटरी प्याड लगाएतका सरसफाई सामग्री प्रदान गरिएको छ । यसैगरि मनोरञ्जनका सामग्रीमा मादल र खैजडी हस्तान्तरण गरिएको छ ।
नेपाल महिला संघ दैलेखका अध्यक्ष सिता कुमारी रानाले सामग्री हस्तान्तरण गर्नुभयो । सामग्री हस्तान्तरण गर्नुहुँदै अध्यक्ष रानाले दिवस र स्मृति दिवसमा होटलका सभा हलमा कार्यक्रम नगरी आफुहरुले कैदीबन्दीहरुलाई सहयोग गरेको बताउनुभयो । प्रदान गरिएको सामग्रीले कैदी बन्दीहरुलाई सहज हुने उहाँको धारणा छ ।

दैलेख कारागारका जेलर जीत बहादुर खत्रीले कैदीबन्दीहरुका लागि सामग्री प्रदान गरेकोमा महिला संघलाई धन्यवाद दिनुभयो । कारागारका कैदी प्रमुख मान बहादुर नेपालीले कैदीबन्दीहरुलाई मनोविमर्श तालिम आवश्यक परेको बताउनुभयो । ‘कारागारमा थुप्रै किताबहरु छन् ति किताब राख्ने दराज समेत छैन्,’ नेपालीले भन्नुभयो । सोहि अबसरमा जगतजंग थापा, महिला नेतृ निर्मला खड्का, दुर्गा श्रेष्ठले आ–आफ्नो बोल्नुभएको थियो ।

प्रतिक्रिया