बाल श्रम विरुद्ध प्रर्दशन

बाल श्रम विरुद्ध प्रर्दशन

दैलेख जेठ २९ गते ।
दैलेखमा बाल श्रम विरुद्ध प्रर्दशन गरिएको छ । विश्व बाल श्रम विरुद्धको अन्तराष्ट्रिय दिवसका अबसरमा प्रर्दशन गरिएको हो । दैलेख सदरमुकाम स्थित देवकोटा चोकमा प्रर्दशन गरिएको हो । ‘बालबालिका श्रममा होइन सपना हेर्न रमाउँछन्’ भन्ने नाराका मनाइएको दिवसका अबसरमा दैलेखका नागरिक समाज, विभिन्न गैरसरकारी निकायका प्रमुख प्रतिनीधिहरुले सदरमुकाम दैलेख बजारमा प्रर्दशन गरेका हुन् । नागरिक समाज दैलेख र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको अगुवाईमा प्रर्दशन गरिएको हो । दिवसको अवसरमा आयोजित प्रर्दशनमा सहभागीले ‘बालश्रम शोषण अन्त्य गरौँ’, ‘बाल श्रम नाई भनौ’ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए । निकृष्ट प्रकारको बालश्रम विरुद्ध अन्तर्राष्ट्रिय श्रम सङ्गठनको महासन्धि र श्रममा संलग्न हुने न्यूनतम उमेरसम्बन्धी महासन्धिलाई अनुमोदन गरेको स्मरणमा हरेक बर्ष १२ जुनलाई बालश्रम विरुद्धको विश्व दिवसका रूपमा संसारभरी मनाउने गरिन्छ ।

प्रतिक्रिया