बाल श्रम विरुद्धको दिवसको अबसरमा ¥याली सहित प्रर्दशन

बाल श्रम विरुद्धको दिवसको अबसरमा ¥याली सहित प्रर्दशन

दैलेख जेठ २९ गते ।
बाल श्रम विरुद्धको दिबसका अबसरमा कालिकोट समरमुकाम मान्ममा ¥याली सहित प्रर्दशन गरिएको छ । विश्व बाल श्रम विरुद्धको दिवसकोृ अबसरमा ¥याली सहित प्रर्दशन गरिएको हो । ‘बालबालिका श्रममा होइन सपना हेर्न रमाउँछन्’ भन्ने नाराका मनाइएको दिवसका अबसरमा आयोजित कार्यक्रममा कालिकोट स्थित खाँडाचक्र नगरपालिकाका उपप्रमुख एवं स्थानीय बाल अधिकार समितिका संयोजक विजया विष्ट, नेपाल प्रहरी, किडार्क लगाएतका गैरसरकारी निकायहरुको सहभागिता रहेको थियो ।
एईआएन लक्जेम्बगको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख, सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश सरकार, खाँडाचक्र नगरपालिका र पलाँता गाउँपालिकाको सहकार्यमा समस्यामा परेका महिला तथा बालबालिकाको कानुनी सहायता तथा परामर्शका लागि संचालनमा ल्याइएको महिला तथा बालबालिका केन्द्रको अगुवाईमा ¥याली तथा प्रर्दशन गरिएको हो ।
निकृष्ट प्रकारको बालश्रम विरुद्ध अन्तर्राष्ट्रिय श्रम सङ्गठनको महासन्धि र श्रममा संलग्न हुने न्यूनतम उमेरसम्बन्धी महासन्धिलाई अनुमोदन गरेको स्मरणमा हरेक बर्ष १२ जुनलाई बालश्रम विरुद्धको विश्व दिवसका रूपमा संसारभरी मनाउने गरिन्छ ।

प्रतिक्रिया