अस्पतालको वेडबाट सहयोगको याचना

अस्पतालको वेडबाट सहयोगको याचना

दैलेख असार ११ । दैलेखको गुराँस गाउँपालिकामा बस्ने एक बृद्धले अस्पतालको वेडबाट सहयोगको लागि अनुरोध गरेका छन् । गुराँस गाउँपालिका–८ साउनेपानीका ६० बर्षिया शेर बहादुर खत्री लामो समय देखि भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका छन् । उनको आन्द्रामा घाउ भएको परिवारले बताएका छन् । खत्रीलाई यसअघि भारतमा पु¥याई उपचार गरिएको थियो ।
त्यहाँ उपचार गर्दा घरको सबै रकम सकिएको उनका छोरा श्याम बहादुर केसीले बताए । अहिलेसम्म खत्रीको उपचारमा लाखाँै रुपैयाँ खर्च भइसकेको छ । थप उपचारका लागि रकम अभाव हुँदा उपचारमा समस्या आएको हेरचाहमा रहेका ओम बहादुर खड्काले बताए । ‘अहिले उपचारको लागि रकम अभाव छ, त्यसैले देश विदेश रहनुहुने आफन्त, साथीभाईको सहयोगको खाँचो छ, उनले भने ।
रकम अभावकै कारण मर्नु न बाँच्नुको अवस्थामा पुगेका शेर बहादुरले सबैलाई सक्दो आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन् । उनको उपचारका लागि ३ लाखभन्दा धेरै खर्च लाग्ने अस्पताल स्रोतले जनाएको छ । उनलाई सहयोग गर्न चाहनेले प्रभु बैँकको खाता नम्बर १८११०१०१०२७२११०००००१ मा रकम जम्मा गरिदिनहुन वा ९८५८०६३५२१, ९८४४८१४५७१ मा सम्पर्क गर्नुहुन समेत अनुरोध छ ।

प्रतिक्रिया