दैलेखमा २७ वटा मानव अधिकार उलंघनका घटना

दैलेखमा २७ वटा मानव अधिकार उलंघनका घटना

हिक्मत बहादुर नेपाली
दैलेख असार १२ गते ।
दैलेख जिल्लामा ६ महिनाको अवधीमा २७ वटा मानव अधिकार उलंघनका घटना भएको सार्वजनिक गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले दैलेख सदरमुकाममा आयोजना गरेको अर्धवार्षिक पूर्व समिक्षा कार्यक्रममा २७ वटा मानव अधिकार उलंघनका घटना दैलेखमा घटेको सार्वजनिक गरिएको हो । नेपाल मानवअधिकार वर्ष पुस्तक २०१९ को अर्धवार्षिक पूर्व समिक्षामा इन्सेकका दैलेख प्रतिनीधि अमर सुनारले दैलेख जिल्लामा सन २०१९ को जनवरी देखि जुनसम्म विभिन्न प्रकृतिका मानव अधिकार उलंघनका घटना भएको जानकारी दिनुभयो ।
दैलेखमा ६ महिनामा ८ वटा बालिकालाई बलात्कार, यौन दुव्र्यवहार, र बालविवाहका घटना भएका छन् । घरेलु हिंसाका ६ वटा, जातिय विभेदका २ वटा घटना भएका छन् । यस्तै २ वटा कुटपिट र धम्कीका घटना, अमानवीय व्यवहारका १ वटा, महिला माथी बलात्कार, बलात्कारको प्रयास ३ वटा र बहुविवाहका ५ वटा घटना घटेको इन्सेक प्रतिनीधि सुनारले जानकारी दिनुभयो ।
जिल्लामा भएका बाल विवाहका घटनामा १८ बर्ष मुनिका बालकलाई न्याय कार्यविधिले घटनाको गाम्भीर्यता र बिज्याईकर्ता बालक सुध्रन सक्ने स्थिती देखिएमा अभिभावकको जिम्मामा छोड्ने सकिने बालबालिका ऐन २०७५ र न्याय कार्यविधि २०६४ मा भएको व्यवस्था अनुसार अभिभावकको जिम्मा लगाईने गरिएकोे छ ।
समिक्षा कार्यक्रममा जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापा, प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटा, जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरिक्षक ठाकुरप्रसाद पोखरेल लगाएतले सार्वजनिक गरिएका घटनाहरुमाथी टिकाटिप्पणी तथा सल्लाहसुझाव दिनुभएको थियो ।

प्रतिक्रिया