बालविवाह बिरुद्ध किशोर किशोरी जागरुक

बालविवाह बिरुद्ध किशोर किशोरी जागरुक

दैलेख असार १३ गते ।
कर्णालीको राजधानी विरेन्द्रनगर सुर्खेतसंग सिमाना जोडिएको गुराँस गाउँपालिकाका किशोर–किशोरी बालविवाह विरुद्ध जागरुक बन्न थालेका छन् । यहाँ संचालित ‘यूवा कचहरी’ मार्फत बालविवाह विरुद्ध जागरुक बनेका हुन् । जातीय, लैंगिक, साँस्कृतिक विभेदहरुलाई निराकरण गर्न किशोर किशोरीहरुलाई सक्षम गराउने उदेश्यले संचालनमा ल्याइएको कचहरीका किशोर किशोरीले बालविवाहका कारण, निम्त्याउने समस्या, न्यूनिकरणका उपाए र सार्वजनिक रुपमा प्रतिबद्धता गर्ने जस्ता कार्यक्रमहरु संचालन गरिरहेका छन् ।

सोहि अनुरुप गुराँस गाउँपालिका–८ खडराको प्रगतिशील युवा कचहरीको आयोजनामा गुराँस गाउँपालिका–८ गर्चा स्थित कालिका माध्यामिक विद्यालयमा बालविवाह विरुद्ध किशोर किशोरीहरु बिच छलफल गरिएको छ ।
गुराँस गाउँपालिका र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा संचालित कचहरीले आयोजना गरेको कार्यक्रममा बाल विवाह सम्बन्धि समस्या झल्काउने नाटक प्रस्तुत गरिएको थियो । विद्यालयसँग सहकार्य गरेर आयोजना गरिएको कार्यक्रममा बाल विवाहका समस्या, जोखिम तथा न्यूनिकरणका उपायबारे खुला छलफल गरिएको छियो ।

उनिहरुले बाल विवाह न्यूनिकरणका लागि किशोर किशोरीको भूमिकाबारे पनि छलफल गरेको कचहरीका बयस्क सहजकर्ता पूर्ण बहादुर ओलीले बताउनुभयो । खुला छलफल पश्चात किशोर किशोरीले बाल विवाह हुनुको कारण पहिल्याउँदै बाल विवाह गर्दैनौ, बाल विवाह हुन दिदैनौ जस्ता प्रतिबद्धता गरेका छन् । कार्यक्रममा विद्यालयका शिक्षक, कक्षा ८, ९ र १० कक्षामा अध्ययनरत विद्यार्र्थीहरु सहभागी थिए ।

प्रतिक्रिया