भ्रष्टाचारको अभियोगमा पूर्वमन्त्रीलाई जेल सजाय

भ्रष्टाचारको अभियोगमा पूर्वमन्त्रीलाई जेल सजाय

अल्जिएयर्स, असार २४ गते । अल्जेरियाको सर्वोच्च अदालतले एक जना पूर्वमन्त्रीलाई जेल सजायको फैसला सुनाएको छ ।पूर्व राष्ट्रिय एकता तथा पारिवारिक मामिला मन्त्री साइद बेर्कातलाई अदालतले सोमबार दोषी ठहर गर्दै सजाय स्वरुप कारागार चलान गर्नु पर्ने फैसला गरेको हो ।

उत्तरी अफ्रिकी मुलुक अल्जेरियामा भ्रष्टाचार विरुद्ध देशव्यापी र व्यापक आन्दोलनहरू भइरहेका बेला अदालतले यस्तो फैसला गरेको स्थानीय सञ्चार माध्यमहरूले लेखेका छन् ।मन्त्री हुँदा कृषि र स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी पाउनुभएका पुर्वमन्त्री बेर्कात अहिले ७१ बर्षको हुनुहुन्छ । गलत शासन र अनियमितताको आरोप लागेको छ ।

पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लिका शक्तिमा आएसँगै सन् १९९९ मा बेर्कात मन्त्री बन्नुभएको थियो ।यसअघि गत आइतबार त्यही मन्त्रालयका अर्का पूर्वमन्त्री डिजामेल औल्ड अब्बेसलाई पनि यस्तै मुद्दामा जेल सजायको फैसला भएको थियो ।यी बाहेक दुई पूर्व प्रधानमन्त्री अब्डेल्मालेक सेल्लाल र अहमद औयाहीयासहित केही उच्च सरकारी अधिकारीहरूलाई पनि भ्रष्टाचारको अभियोगमा यसअघि नै जेल चलान गरिसकिएको छ ।

लोकतन्त्र र कानुनी शासनको माग गर्दै आन्दोलन भइरहेका बेला गत फेबु्रअरी २२ देखि भ्रष्टाचारको अभियोगमा विभिन्न व्यक्तिलाई पक्राउ गर्दै भ्रष्टाचारी ठह¥याउदै जेल जलान गर्दै आइएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया