जातीय विभेद गर्नेलाई ३ महिना कैद १ हजार जरिवाना

जातीय विभेद गर्नेलाई ३ महिना कैद १ हजार जरिवाना

दैलेख असार २५
जिल्ला अदालत दैलेखले जातीय विभेद गर्ने दैलेख महावु गाउँपालिका वडा नं. ५ का ६० वर्षिया डिल बहादुर रावतलाईलाई ३ महिना कैद र १ हजार रुपैया जरिवानाको फैसला सुनाएको छ । जिल्ला न्यायाधिश सनतचन्द्र लवटको एकल इजलासले बुधवार उक्त फैसला सुनाएको हो । जातीय भेदभाव तथा छुवाछुत कसुर सजाय ऐन २०६८ दफा ७ (१) (क) तथा मुलुकी अपराध सहिता २०७४ को दफा १६६ को (२) बमोजीम ३ महिना कैद र १ हजार जरिवाना को फैसला सुनाएको जिल्ला अदालत दैलेखका सुचना अधिकारी बिनोद आर्चायले बताए ।
तत्कालीन सशस्त्र युद्धमा भूमिगतेको समयमा शोभा सुनार रावत र गणेश बहादुर रावतले अन्तरजातीय विवाहा गरेका थिए । शोभाका श्रीमान गणेश बहादुर रावतले दोस्रो विवाह गरि भागेपछि उनले आफ्ना छोराछोरीलाई पढाउनका लागि खर्च र अंश मागेपछि जेठाजुले आफुलाई अभद्र ब्यबहार गरी जातीय छुवाछुत गरेको भनि जिल्ला अदालत दैलेखमा २०७६ साल जेठ १ गते मुद्दा दर्ता गरेकी थिईन । उनका १ छोरा २ छोरी छन । प्रतिबादी डिल बहादुरर रावतले जातीय छुवाछुत कसुर गरेको देखीन आएको हुदाँ उनलाई ३ महिना कैद १ हजार जरिवानाको फैसाला गरेको सूचना अधिकारी आर्चायले बताए ।

प्रतिक्रिया