राउटेलाई पाल र चामल

राउटेलाई पाल र चामल

दैलेखः बर्षातलाई ख्याल गर्दै जंगलमा फिरन्ते जीवन विताउँदै आएका राउटे समुदायलाई पाल वितरण गरिएको छ । कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग र गुराँस गाउँपालिकाको समन्वयमा सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखले पाल वितरण गरेको हो । कर्णालीका विभिन्न जंगलमा घुमन्ते जीवन विताउँदै आएका राउटेलाई सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखले बस्तीमै पुगेर पाल वितरण गरेको हो ।

गुराँस गाउँपालिका–५ स्थित ठाँटीमा बस्दै आएका राउटे समुदायलाई सोसेकका अध्यक्ष हीरासिंह थापाले पाल वितरण गर्नुभयो । अध्यक्ष थापाका अनुसार राउटे समुदायका ४६ घर परिवारलाई प्रति परिवार एक वटाका दरले पाल वितरण गरिएको हो । पालसँगै चालम समेत वितरण गरिएको हो । राउटे समुदायका सबै घरपरिवारलाई एक/एक बोरा चामल वितरण गरिएको हो ।

पाल र चामल वितरण गर्न पुग्नु भएका अध्यक्ष थापाले समुदायका माग अनुसार नै पाल उपलब्ध गराईएको बताए । ‘उहाँहरुको टहराका पाल पुरानो भएर बर्षातमा पानी चुहिने अवस्थामा पुगेको थियो, नयाँ पालले समुदायमा धेरै राहत हुनेछ । ’
उनिहरु गुराँस गाउँपालिकाले स्थायी बासिन्दा हुन् । पाल र चालम पाएपछि महामुखिया महिन बहादुर शाहीले खुसी भएको प्रतिक्रिया दिए । उनले भने ‘अब बर्षातमा पानी चुहिने डर हुँदैन, सोसेकले हामीलाई धेरै सहयोग गरेको छ ।’ अहिले राउटे समुदायमा ४६ घर छन् ।

प्रतिक्रिया