बार्षिक प्रगति समिक्षामा राउटे समुदायको प्रतिनिधित्व

बार्षिक प्रगति समिक्षामा राउटे समुदायको प्रतिनिधित्व

बार्षिक प्रगति समिक्षा तथा रणनैतिक योजना तर्जुमा गोष्ठि उद्घाटन समारोहमा मन्तब्य राख्दै राउटे युवा प्रकाश शाही ।

दैलेख साउन १३ गते । राउटे समुदायमा राउटे परियोजना संचालन गरिरहेको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले आफ्नो बार्षिक प्रगति समिक्षा तथा रणनैतिक योजना तर्जुमा गोष्ठिमा लोपोन्मुख राउटे समुदायका नागरिकको प्रतिनिधित्व गराएको छ । सोमवार देखि सुरु भएको दुई दिने गोष्ठिमा फिरन्ते जीवनयापन गर्दै आएका राउटे समुदायका छ जना युवा तथा बालबालिका सहभागि छन् ।
राउटे युवा प्रकाश शाही, महामुखिया महिन बहादुर शाहीका छोरा शिवराज शाही, बालक कलम शाही लगाएत गोष्ठिमा सहभागि छन् । गुराँस गाउँपालिका–५ स्थित ठाँटीमा बसोबास गर्दै आएका राउटे समुदायका युवाहरु गोष्ठिमा सहभागि हुन दैलेख सदरमुकाममा आएका छन् ।

गोष्ठि उद्घाटन कार्यक्रममा बोल्दै राउटे युवा प्रकाश शाहीले सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले गरेको कामबारे बुझ्न र सिक्न आफुहरु कार्यक्रममा सहभागि हुन दैलेख आएको बताए । सोसेकले आफुहरुलाई विभिन्न सहयोग गर्दै आएको युवा शाहीको भनाई थियो । उनिहरुलाई सामाजिकीकरण गराउन कार्यक्रममा सहभागि गराइएको हो ।

प्रतिक्रिया