अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवसका अबसरमा चेतनामुलक ¥याली

अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवसका अबसरमा चेतनामुलक ¥याली

दैलेख साउन १४ गते ।

अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवसका अबसरमा दैलेख सदरमुकाममा प्रर्दशन सहित चेतनामुलक ¥याली निकालिएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र इन्सेक दैलेखको अगुवाईमा चेतनामुलक कार्यक्रमको आयोजना गरी गरिएको हो ।

दिवसका अबसरमा ‘मेरो चाहाना बेचबिखन मुक्त समाजको परिकल्पना, मानव बेचबिखनको अन्त्य हामी सबैको प्राथमिकता’ जस्ता चेतनामुलक सन्देश लेखिएका प्लेकार्ड प्रर्दशन गरिएको हो ।

बेचबिखन विरुद्ध विभिन्न क्रियाकलाप सञ्चालन गरिरहेको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका अध्यक्ष हीरासिंह थापाले बेचबिखन हुनबाट जोगाउन चाल्नुपर्ने कदम लगायतका विषयमा चेतनामुलक ¥याली गरिएको बताए ।

दैलेख सदरमुकाम स्तित देवकोटा चोकमा गरिएको प्रर्दशन पश्चात ¥याली निकालिएको थियो । ¥याली स्थानीय लोकतान्त्रीक चोकसम्म पुगेको थियो । ¥याली तथा प्रर्दशनमा नागरिक समाजका अगुवा, सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखका कार्यसमिति सदस्य, कार्यरत कर्मचारीहरु सहभागि थिए ।

प्रतिक्रिया