‘बालिकासँग एक दिन’

‘बालिकासँग एक दिन’

दैलेख-जिल्लामा ‘बालिका बचाउ’ अभियान सञ्चालन गरिएको छ। कानुनी व्यवस्थाबारे जानकारी गराउन र उनीहरुको आत्मबल बढाउने उद्धेश्यसहित अभियान सञ्चालन गरिएको हो।

बालिकामाथि हुनसक्ने सम्भावित हिंसा तथा दुर्व्यवहारबाट कसरी जोगिने भन्नेबारे आत्मरक्षा सम्बन्धी प्रशिक्षण अभियान सञ्चालन गरिएको छ। दैलेख जिल्लाका विभिन्न सामुदायिक विद्यालय र समुदायमा अभियान सञ्चालन गरिएको अभियानकी संयोजक सजना सुनारले बताइन्। ‘यौनजन्य दुर्व्यवहार र बलात्कारबिरुद्ध ऐक्यबद्धता, बालिका बचाउन हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित ‘बालिका बचाउ, आत्मरक्षक अभियान’ सञ्चालन गरिएको उनले बताए।

सुर्खेत र दैलेखका सामाजिक अभियन्ताहरुलाई स्वयम्सेवक रूपमा परिचालन गरिएको अभियानले दैलेखका तीन वटा समुदाय र १४ वटा सामुदायिक विद्यालयमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिसकेको संयोजक सुनारले जानकारी दिइन्। अभियानमा प्रतिरक्षासँगै सम्बन्धित कानुनको विषयमा अभिमुखिकरण गर्ने गरिएको छ।

श्रृंखलाबद्ध रूपमा बलात्कार तथा यौनजन्य घटनाहरू हुन थालेपछि यस्ता घटनाहरूलाई निराकरण गर्न अभियान थालिएको सुनारको भनाई छ। विभिन्न विद्यालयका एक हजार बालिका, किशोरी तथा समुदायस्तरका महिलाहरुलाई प्रशिक्षण दिइसकेको उनले बताइन्। दैलेखमा सञ्चालन भईरहेको अभियान अब सुर्खेतमा पनि विस्तार गर्न लागिएको अभियानले जनाएको छ।

प्रतिक्रिया