दैलेखमा जेष्ठ नागरिकहरुलाई सम्मान

दैलेखमा जेष्ठ नागरिकहरुलाई सम्मान

उदय बहादुर थापा
दैलेख (डुङ्गेश्वर) साउन १५ ।

दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा नं. ६ ले जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । वडाकाे जेष्ठ नागरिक लक्षित कार्यक्रम अन्तरगर्त उनिहरूलाई सम्मान गरिएको हो । वडाद्धारा बुधवार डुङ्गेश्वरमा आयोजित एक कार्यक्रममा वडाका ४६ जनालाई विभिन्न बस्त्रहरु उपहार दिएर सम्मान गरिएको हो । वडाका कार्यवाहक अध्यक्ष तुल्सीप्रसाद आचार्यको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा जेष्ठ नागरिकहरुलाई पछ्यौरा ओडाएर सम्मान गरिएको छ ।
जेष्ठ नागरिक सम्मान कार्यक्रमका अबसरमा कार्यवाहक वडाध्यक्ष आचार्यले आगामी बर्षहरुमा जेष्ठनागरिक लक्षित बजेट जेष्ठ नागरिकहरुले नै खर्च गरुन भन्ने उदेश्यले सात सदस्यीय समिति गठन गरिएको बताए ।

????????????????????????????????????

गठिन समितिको अध्यक्षमा भिमबहादुर अर्याल, कोषाध्यक्षमा अमृता राना, सचिव तेज बहादुर कार्की सदस्यहरु कौशिला वाग्ले, खगीसरा थापा, कर्ण बहादुर दमाई र देवु वुढा रहेको वडा कार्यालयले जनाएको छ । थोरै र सानै मात्रामा भएपनि जेष्ठ नागरिक सम्मान गर्ने परम्परा सकरात्मक रहेको कार्यक्रममा सहभागिले बताएका छन् ।

प्रतिक्रिया