किन हट्दैन छाउपडी प्रथा ?

किन हट्दैन छाउपडी प्रथा ?

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको १२ औँ संस्थागत सामाजिक तथा लैंगिक परिक्षण कार्यक्रममा सहभागि ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको १२ औँ संस्थागत सामाजिक तथा लैंगिक परिक्षण कार्यक्रममा बार्षिक प्रगति विवरण प्रस्तुत गर्दै उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठ ।

ज्वाला सन्देश
दैलेख साउन १६ गते ।

‘आफन्त, नातावाद र राजनीतिक आस्थाका आधारमा जनप्रतिनीधिहरु नै बाल विवाह रोक्न अग्रसर देखिदैनन्,’ यस्तो अवस्थानमा बाल विवाह न्यूनिकरण कसरी हुन्छ ? गुराँस गाउँपालिका–३ खुमका याम बहादुर विकले पश्न गर्दै भने । भैरबी गाउँपालिकाकी सिता विकले किन हट्दैन छाउपडी प्रथा भन्दै पश्न गरिन् । ‘छाउपडी न्यूनिकरणका लागि समुदाय स्तरमा कार्यक्रमहरु त भएका छन् तर समाज परिवर्तन नहुनुको दोष कसको ? उनले थप प्रश्न गरिन् ।

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको १२ औँ संस्थागत सामाजिक तथा लैंगिक परिक्षण कार्यक्रममा बार्षिक प्रगति विवरण प्रस्तुत गर्दै उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठ ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको १२ औँ संस्थागत सामाजिक तथा लैंगिक परिक्षण कार्यक्रममा बाेल्दै उपाध्यक्ष टिकादेवी जैसी ।

‘छाउपडी कुप्रथालाई न्युनिकरण गर्न दैलेखमा अभ्यास नभएको होइन, तर, जे जति लगानि गरियो त्यस अनुसारको प्रतिफल भने पाइएन,’ उनले भनिन् । छाउपडी प्रर्था न्यूनिकरण अभियानमा जेष्ठ नागरिकहरुलाई लक्षित गराउन र युवाहरुको मागका आधारमा परियोजना कार्यक्रम ल्याउन उनको सुझाव छ ।
याम र सिता जस्तै दैलेखको सक्रिय संस्था सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको १२ औँ संस्थागत सामाजिक तथा लैंगिक परिक्षण कार्यक्रममा सहभागिले बाल विवाह र छाउपडी न्यूनिकरणबारे जनप्रतिनीधिलाई पश्न राखे । जिल्लामा बाल विवाह, छाउपडि प्रथा, बालश्रम लगाएतका कु–संस्कार र कुरिति अन्य गर्नुपर्नेमा उनिहरुको जोड थियो ।

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको १२ औँ संस्थागत सामाजिक तथा लैंगिक परिक्षण कार्यक्रममा बार्षिक प्रगति विवरण प्रस्तुत गर्दै उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठ ।

परिक्षणमा नारायण नगरपालिकाका प्रमुख रत्न बहादुर खड्काले महिला र बालबालिकाको सवालमा स्थानीय सरकार गम्भिर रहेको बताए । उनले जिल्लामा गैससले गरेका प्रभावकारी कार्यक्रमलाई नगरपालिका सहयोग गर्न तयार रहेको बताए । गुराँस गाउँपालिका–१ का वडाध्यक्ष नरबहादुर रामजालीले बाल विवाह र छाउपडी न्यूनिकरणमा सरकारी तथा गैससको पहलकदमी जरुरी रहेको बताए । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका निवर्तमान अध्यक्ष मञ्जु कुमारी खड्काले विगत बर्षहरुमा छाउपडी र जातिय छुवाछुतको सवालमा काम गर्दा केहि स्थानमा कार्यक्रम संचालन गर्न समेत रोकावट भएको स्मरण गर्दैै त्यति बेला भोगेका चुनौतीहरुले हाल समाजमा थुप्रै परिवर्तनहरु भएको बताइन् ।

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको १२ औँ संस्थागत सामाजिक तथा लैंगिक परिक्षण कार्यक्रममा प्रश्न राख्दै सहभागि

उपाध्यक्ष टिकादेवी जैसीले संस्थाले स्थानीय तहहरुसंग समन्वय गरि बालविवाह, छाउपडि, जातिय विभेद, महिला हिंसा जस्ता सामाजिक कुरिति र कुसंस्कारलाई न्यूनिकरण गर्न पहल गर्ने बताइन् । राउटे युवा प्रकाश शाहीले आफुहरु विस्तारै परिवर्तन हुँदै जाने बताए ।
उप–कार्यकारी निर्देशक बसन्त श्रेष्ठले संस्थाको आर्थिक बर्ष २०७५/०७६ को बार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए । महिला, दलित, बालबालिका, विपन्न समुदाय, अपांगता भएका व्यक्ति र लोपोन्मुख राउटे समुदायको क्षेत्रमा काम गर्दै आएको सोसेक नेपाल दैलेखको गत आर्थिक बर्ष २०७५/२०७६ को कुल बजेट सात करोड, ४३ लाख ८९ हजार नौ सय ४० थियो ।

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको १२ औँ संस्थागत सामाजिक तथा लैंगिक परिक्षण कार्यक्रममा बाेल्दै गुराँस गाउँपालिका–१ का वडाध्यक्ष नरबहादुर रामजाली ।

त्यस मध्ये सात करोड ४१ लाख ७२ हजार सात सय ४८ खर्च भएको संस्थाका उप–कार्यकारी निर्देशक श्रेष्ठले बताए । संस्थाद्धारा आयोजित संस्थागत परिक्षणमा सोसेक नेपाल दैलेखले गरेका राम्रा र प्रभावकारी कार्यहरुको प्रसंशा गरिएको थियो । सहभागिहरुले संस्थाले छिमेकी मुलुक भारतमा अलपत्र परेका, बेचिएका महिला बालबालिकाको उद्धार लगाएतका कार्यहरुको खुलेरै प्रशंसा गरे । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले कर्णालीका दैलेख, सुर्खेत, कालिकोट र सुदुरपश्चिम प्रदेशको अछाममा विभिन्न कार्यक्रम/परियोजना संचालन गरिरहेको छ ।

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको १२ औँ संस्थागत सामाजिक तथा लैंगिक परिक्षण कार्यक्रममा बाेल्दै बालक सन्ताेष विक ।

प्रतिक्रिया