टेक्सस् गोली काण्डमा २० को मृत्यु, २६ घाइते

टेक्सस् गोली काण्डमा २० को मृत्यु, २६ घाइते

टेक्सस, अमेरिका साउन १९ गते – अमेरिकाको टेक्ससको एक व्यापारिक केन्द्रमा भएको गोली काण्डमा २० जनाको मृत्यु भएको छ । साथै सो घटनामा २६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
दिउँसो धेरै मानिस बजारका लागि निस्कने समयमा व्यापारिक केन्द्रमा सो घटना भएको थियो । सो गोली काण्डमा प्रहरीले डलासको काँठ क्षेत्र भनिनि एलिनका बासिन्दा एक २१ वर्षीय युवकलाई पक्राउ गर्न सफल भएको छ ।
गोली प्रहार शुरु भएको केही मिनेटमा नै प्रहरी उक्त घटना स्थलमा पुगेको र युवकलाई पक्राउ गर्न सफल भएको थियो । मृत्यु हुनेमा तीन मेक्सिकन रहेका छन् । अमेरिकामा आम मानिसले बन्दुक राख्न पाउने व्यबस्थाका कारणा यस्ता घटना धेरै हुने गरेको छ । सीएनएन

प्रतिक्रिया