विभेद विरुद्ध दलित समुदायको अग्रसरता जरुरी

विभेद विरुद्ध दलित समुदायको अग्रसरता जरुरी

दैलेख साउन २१
नेपाल कम्यूनिष्ट पार्टीका कर्णाली प्रदेश सदस्य गोपाल नेपालीले दलितमाथि विगतमा हुँदै आएको क्रुरर दमन केही कमी भएपनि ऐन कानूनमा भएको व्यवस्था अनुसार अधिकार अझैं प्राप्त नभएको टिप्पणी गरेका छन् ।
दलित जागरण केन्द्र दैलेखको १४ औं वार्षिकोत्सवको अवसरमा मंगलवार दैलेखमा आयोजित जातीय विभेद समस्या समाधानका निम्ति दलित समुदायको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उनले विभेद विरुद्ध जुध्न दलित समुदायको अग्रसरता र गैरदलितहरुको सहकार्य जरुरी रहेको उनले टिप्पणी गरे ।
कार्यक्रममा शिल्पी समाजका संयोजक बखत नेपालीले दलित समुदायको आर्थिक उपार्जन र शैक्षिक उन्नतिको लागि लगानी बढाउन जरुरी रहेको औल्याए । त्यसबखत दलित अगुवाहरु खगिराम सुनार, मोहन सुनार, नारायण नगरपालिकाका वडासदस्यहरु हर्कबहादुर नेपाली, नन्दा बिक लगायतका सहभागीहरुले दलित समुदायले भोगिरहेको विभेद र समाधानका उपाय विषयमा बोलाएका थिए ।

प्रतिक्रिया