अन्तर्राष्ट्रिय युवा दिवस

अन्तर्राष्ट्रिय युवा दिवस

दैलेख साउन २७
‘शिक्षामा रूपान्तरण : उद्यमशिलता र नवप्रवद्र्धन’ भन्ने नारा सहि दैलेखमा पनि अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ । दैलेखको नारायण नगरपालिका, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र एभरेष्ट क्लब दैलेखको सहयोग तथा समन्वय र जिल्ला युवा समिति दैलेखको आयोजनामा दिवस मनाइएको छ ।
२० औँ अन्तर्राष्ट्रिय युवा दिवसको अबसरमा आयोजित कार्यक्रममा नारायण नगरपालिका दैलेखका उप–प्रमुख सावित्री मल्ले युवाहरु सक्षम, सवल र स्वावलम्बी बन्दै स्वस्फुर्थ रुपमा विकास निर्माणमा सहभागि हुनुपर्नेमा जोड दिनुभयो । नेपाली काँग्रेसका नेता बिनोद श्रेष्ठले स्थानीय तहहरुले युवाको क्षेत्रमा रोजगारमुलक कार्यक्रमहरु ल्याउनुपर्ने बताए ।
कार्यक्रममा सरोकारवालहरुले दिगो विकासका लक्ष्यका बारेमा युवा सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । युवाहरुका लागि स्थानीय तहहरुले सीपयुक्त शिक्षामा जोड दिनुपर्ने उनिहरुको भनाई छ । सोसेकका सहायक कार्यक्रम निर्देशक दुर्गा गिरीले युवा उद्यमशिलतामा जोड दिइन् । जिल्ला युवा समिति दैलेखका अध्यक्ष चन्द्रप्रसाद दाहालको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी, युवाहरुको सहभागिता रहेको थियो ।

नेपालमा वर्षौदेखि शिक्षा प्रणाली उपयुक्त भएन भन्ने आवाज उठिरहेको सन्दर्भमा यो विषयलाई विश्वव्यापीरूपमै उठाइएको छ । युवालाई सबल बनाउन शिक्षामा रूपान्तरणको अनुभूत गरी अन्तर्राष्ट्रिय युवा दिवसको नारा तय गरिएको छ । संयुक्त राष्ट्रसंघले यस वर्ष युवा दिवसको नारा शिक्षामा रूपान्तरण तय गरेकाले पनि युवाका लागि शिक्षा विश्वव्यापी मुद्दा बनेको छ ।

प्रतिक्रिया