घरेलु प्याड निर्माणमा किशोरीलाई किशोरहरुको साथ

घरेलु प्याड निर्माणमा किशोरीलाई किशोरहरुको साथ

दैलेख भदौ ८ गते ।
दैलेखको भैरबी गाउँपलिका – ४ र ५ का किशोर किशोरीहरु घरेलु प्रविधिको सेनेटरी प्याड स्थानीय स्तरमै निर्माण गर्न थालेका छन् । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखद्धारा सञ्चालित आधार परियोजना मार्फत गठित युवा कचहरीमा आवद्ध सदस्यहरुले प्याड निर्माण गरि किशोरीले आफु र महिलाहरुले प्रयोग गर्दै आईरहेका छन् । अरुलाई प्रयोगका लागि सहज वातावरण श्रृजना गरिरहेका छन् । किशोर किशोरीहरुको आत्मजागरण, सामाजिक जागरण, शिक्षा लगायतका बिषयमा सचेतना गराउदै आईरहेको आधार परियोजना अन्र्तगत युवा कचहरीमा आवद्ध रहेका सदस्यहरुलाई प्याड निर्माणका बारेमा सिकाईएको थियो । आफै प्याड निर्माण गर्न सक्ने भएपछि महिनावारी भएका बेला विद्यालयमा देखिने समस्या निराकरण हुनेमा किशोर किशोरीहरुको विस्वस्त छन् ।
किशोरीहरुले प्रयोग गर्ने प्याडमा किशोरहरुको सहभागि हुनु नमुना योग्य काम भएको कुरा भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम वहादुर वुढाले बताए । छाउपडि प्रथा लगायतका विभिन्न सामाजिक कुप्रथा सहित सामाजिक जागरण मुलक क्रियाकलापहरुलाई तिब्रता दिने गाउँपालिकाको लक्ष्य रहेको बताउदै उनले आगामी दिनमा यस्ता क्रियाकलपाहरुलाई प्रोत्साहनका लागी आफुहरु तयार रहेको बताए । ‘किशोर किशोरीहरुको सुरक्षा तथा हकहितका लागी हामीले पनि काम गरिरहेका छौ, झनै किशोर किशोरीहरुले गरेका यस्ता क्रियाकलापहरु उदाहरिणय काम हुन्,’ अध्यक्ष बुढाले भने ‘यसलाई निरन्तरता दिन आवश्यक छ ।’

प्याड निर्माण पश्चात आफुले प्रयोग गरेर सहज महशुस गर्न थालेको युवा कचहरीकी संयोजक अनिता बिश्वकर्माले बताईन् । ‘पहिले हामीलाई प्याडका बारेमा थाहा थिएन्, नाम सुनेको भएपनी यो के हो ? के काममा प्रयोग हुन्छ भन्ने जानकारी नै थिएन् ।’ अनिताले भनिन ‘अहिले त हामी आफै बनाएर प्रयोग गर्ने भएका छौ ।’ समुहमा आवद्ध किशोरीहरुका लागी मात्र नभएर यहाँका किशोर किशोरीहरुलाई प्याड प्रयोगका लागी आफुहरुले हौसला दिएको उनको भनाई छ । ‘बिगतमा प्याडको प्रयोग नगर्दा कसैले थाहा पाउछन् कि भन्ने, लाज मान्ने मान्थ्यौ,’ उनले भनिन् ‘प्याडको प्रयोग हामै्र लागी त होनी, यसले हामीलाई नै सुरक्षित बनाउने हो ।’
किशोरहरुको साथ, किशोरी उत्साहित
युवा कचहरीमा आवद्ध रहेका किशोरहरुले प्याड निर्माणका लागी किशोरीहरुलाई सहयोग गर्न थालेपछि उत्साहित भएका छन् । पुर्ण रुपमा नजानेका किशोरीहरुलाई प्याड बनाउन बाँकी सिप सिकाउने, प्रयोगका लागी प्रेरित गर्ने लगायतका कामहरुमा पनी किशोरहरुले सहयोग गर्ने गर्दछन् । सुरुमा प्याडको निर्माण गर्न सिकौँ भन्दा सदस्यहरुमा प्याड बनाउन सिकेर के हुन्छ र ? भन्ने सामान्य आनाकानी भएको भएपनी अहिले भने सबै किशोरहरुको सक्रियता बढेको युवा कचहरीका कोषाअध्यक्ष कौशल बिकले बताए ।
‘सुरु सुरुमा समुह भित्रकै किशोरी साथीहरु हिच्किचाउनु हुन्थ्यो, लाज मानेको जस्तो गर्नुहुन्थ्यो, तर अहिले पनी त्यस्तो छैन्, कचहरी मार्फत बालबिवाह, छाउपडि लगायतका सामाजिक कुप्रथाका बारेमा सचेतना फैलाउने काम समेत भईरहेको छ,’ उनले भने । कचहरीमा किशोर किशोरीहरुले लैङ्गिक समानताका बिषयमा पनी छलफल गर्ने गर्दछन् । किशोर किशोरीहरुले संयुक्त रुपमा यि क्रियाकलापहरु गर्दा उनिहरुले आफुहरुलाई झन खुल्ला महसुस गर्ने गरेको परियोेजनाकी सामाजिक परिचालक निर्मला नेपालीले बताइन् ।
फुर्सदमा घरेलु प्याड बनाउँछु ‘बचेका विक्री गर्छौ’

युवा कचहरीमा भएका किशोर किशोरीहरुलाई प्याड निर्माणका बारेमा जानकारी दिईसकेपछि उनिहरुले प्याड बनाएर आफु मात्र प्रयोग गर्ने नभएर बिक्री गर्न पनि सुरु गरेका छन् । अहिले दुई जनाले मात्र प्याड निर्माण गरेर बिक्री गरेको भएपनी सबै सदस्यहरुले प्याड निर्माण गरेर अन्यन्त्र बिक्री गर्ने योजना रहेको उनिहरुको भनाई रहेको छ ।
समुहमै आवद्ध किशोरी कृष्णा बिक आफ्नो फुर्सदको समयमा प्याड बनाउछिन् र बिक्री पनी गर्छिन् । ‘आफैले बनाएको प्याड आफै प्रयोग गर्छु, बचेको प्याड नजिकका साथीहरुलाई बिक्री गर्ने गरेकी छु,’ उनले भनिन ‘अझ धेरै बनाएर बिक्री गर्ने योजना छ, यसले फाईदा भएको छ ।’ कृष्णा जस्तै प्याड बिक्रेता अर्की सदस्य पार्वती थापाले पनी प्याड बिक्री गर्दै आएकि छिन् । ‘पहिले महिनावारी हुदाँ प्याड प्रयोग गर्नुपर्छ भन्ने थाहा थिएन्, अहिले हामीलाई यसले निकै सजिलो बनाएको छ,’ उनले भनिज, ‘मेरो त सामान्य खर्च पनी यसैबाट चलेको छ, गाउँघर तिर भएका अरु साथी तथा महिलाहरुले खोजेर भएपनी किन्न थाल्नुभएको छ ।’
युवा कचहरी मार्फत जनचेतना तथा प्याड निर्माण गर्न थालेपछि यहाँका किशोर किशोरीहरुमा परिवर्तन आएको छ । किशोर किशोरीहरु सयुक्त रुपमा सामाजिक समस्याका बारेमा नियमित छलफल समेत गर्दछन् । अहिले युवा कचहरी कै कारण यहाँका अरु किशोर किशोरीहरु पनी थप संवेदनशिल भएको परियोजनाकी सामाजिक परिचालक निर्मला नेपालीको बुझाई छ । आगामी दिनमा आफुहरुले पनी उनिहरुको जनचेतना अभिबृद्धि गरेर सामाजिक रुपमा जनचेतना बृद्धि गर्ने आफुहरुको योजना रहेको उनले बताइन् ।

का बारेमा जानकारी दिईसकेपछि उनिहरुले प्याड बनाएर आफु मात्र प्रयोग गर्ने नभएर बिक्री गर्न पनि सुरु गरेका छन् । अहिले दुई जनाले मात्र प्याड निर्माण गरेर बिक्री गरेको भएपनी सबै सदस्यहरुले प्याड निर्माण गरेर अन्यन्त्र बिक्री गर्ने योजना रहेको उनिहरुको भनाई रहेको छ ।

प्रतिक्रिया