सामाजिक न्याय सहितको लोकतन्त्र : सांसद शर्मा

सामाजिक न्याय सहितको लोकतन्त्र : सांसद शर्मा

दैलेख भदौ ११ । प्रतिनीधि सभाका सांसद रविन्द्रराज शर्माले सङ्घीय लोकतान्त्रीक गणतन्त्र नेपालमा आफुहरु सामाजिक न्याय सहितको लोकतन्त्रको पक्षमा रहेको बताएका छन् । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको २२ औँ साधारण सभा तथा बार्षिक उत्सबका अबसरमा उनले यस्तो बताएका हुन् । ‘संघीयता नयाँ अभ्यास हो, यो अवस्थामा अनेक खालका उताव चढापहरु खेप्नुपरेको छ,’ उनले भने ‘सङ्घीयता कार्यान्वयनका जटिल कामहरु सम्पन्न भईसकेका छन् । ’
मुलुक छिट्टै विकासको गतिमा अगाडी बढ्ने उनले ठोकुवा गरे । वर्तमान अवस्थामा सामाजिक संघ संस्थाहरुले सरकारको सहयोगीको रुपमा काम गर्न आग्रह गरे । ‘दैलेख जिल्लामा संस्थाहरु जन्मिने, केहि काम गर्ने र पुःन बन्न हुने गरेको छ,’ सांसद शर्माले भने ‘सोसेकले निरन्तर आफ्ना गतिविधीहरु संचालन गरेर धन्यवादको पात्र बनेको छ ।’

जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापाले सोसेकले राउटे मुखियालाई विशेष अतिथी बनाएर उत्कृष्ठ कार्य गरेको बताए । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले गरेको गतिविधिहरुले जिल्लामा थुप्रै परिवर्तनहरु भएको उनको भनाई छ । उनले बाल विवाह, छाउपडी प्रर्था विरुद्ध संस्थाले गरेको कार्य उत्कृष्ठ रहेको उल्लेख गरे ।
नेकपा दैलेखका नेता तेज बहादुर चन्दले सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले सामाजिक रुपान्तरण, आयआर्जन तथा पूर्वाधार विकासको क्षेत्रमा सराहनीय कार्य गरेको बताए । नेपाली काँग्रेस दैलेखका सभापति कृष्णकुमार विसीले दैलेखका दुरदराजमा सामाजिक कुसंस्कार र कुरित जस्ताको तस्तै रहेको बताउँदै त्यसको अन्त्यका लागि पहल गर्न आग्रह गरे ।
कार्यक्रममा सोसेकका पूर्व अध्यक्ष सिता कुमारी राना, जिल्ला बाल संजाल दैलेखका अध्यक्ष याम बहादुर विक, गुराँस बाल संजालका सचिव निशा रिजाल, राउटे मुखिया सुर्यनाराय शाही लगाएतले शुभकामना मन्तब्य राखेका थिए । सोहि अबसरमा संस्थाका महासचिव दुर्गा श्रेष्ठले संस्थागत बार्षिक प्रतिवेदन र कार्यसमिति सदस्य कृष्णा रावतले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रम संस्थाका कार्यवाहक अध्यक्ष टिकादेवी जैसीको अध्यक्षतामा भएको हो ।

प्रतिक्रिया