सोसेककाे अध्यक्षमा दुर्गा श्रेष्ठ

सोसेककाे अध्यक्षमा दुर्गा श्रेष्ठ

दैलेख भदौ ११ ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको अध्यक्षमा दुर्गा श्रेष्ठ चयन हुनुभएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको २२ औँ साधारण सभाबाट श्रेष्ठ अध्यक्षमा सर्वसम्मत रुपमा चयन हुनुभएको हो । उहाँ संस्थाको कार्यसमितिमा विभिन्न जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । यस अघि महासचिव समेत रहनुभएकी श्रेष्ठ अध्यक्षमा चयन हुनुभएको हो ।

साधारण सभाबाट सदस्यहरुमा मञ्जु कुमारी खड्का, टिकादेवी जैसी, कमला चन्द, कमला नेपाली, कृष्णा रावत, पवित्रा बादी, हस्तराज अधिकारी चयन हुनुभएको छ । कार्यसमितिको बैठकले समितिको उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष पदको लागि जिम्मेवारी तोक्नेछ । अध्यक्षमा चयन भएसँगै अध्यक्ष श्रेष्ठले सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको गरिमालाई उच्च बनाउन कार्यसमिति, कर्मचारीको सहयोग महत्वपूर्ण हुने बताउनुभयो ।

प्रतिक्रिया