राउटे मुखिया, विशेष अतिथी !

राउटे मुखिया, विशेष अतिथी !

पानसमा दीप प्रज्वलन गरे कार्यक्रम उद्घाटन गर्दै राउटे मुखिया सुर्यनारायण शाही लगाएत ।

दैलेख भदौ १२ ।
दैलेख जिसस हलमा अपराह्न १२ बजे औपचारिक कार्यक्रम सुरु भएको सोसेकको २२ औँ साधारण सभा तथा बार्षिक उत्सब उद्घाटनमा रोचक र नौलो दृष्य देखियो । निर्धारित समयभन्दा ढिलो सुरु भएको कार्यक्रमको दृष्य रोचक र नौला थिए । विशिष्ट पाहुनाको सहभागिताले मञ्चको शोभा बढाएकै थियो । कार्यक्रम सुरु हुने तरखर भएकै बेला राउटे मुखिया र उनकी धर्मपत्नी सभाहलमा आइपुगे । कर्मचारीहरुले एका एक गरी दोसल्ला ओडाएर उनिहरुलाई स्वागत गरे, अन्य अतिथीलाई पनि । सभाहलका सहभागि सबैको नजर मुखियामै थियो । उनै थिए विशेष अथिती ! राउटे मुखिया सुर्यनारायण शाही’ ।

औपचारिक कार्यक्रम सुरु भएपछि राष्ट्रिय गान बज्यो, मुखिया र उनकी धर्मपत्नी जुरुक्क उठे । अन्य सहभागीसँगै राष्ट्रिय गान गाए । संचालकले एक मिनेटको मौनधारण गर्ने समय तोके । फेरी उठे मुखिया ! विर सहिदहरुप्रति एक मिनेट मौनधारण गरे । पानस । मैनबत्ति बालेर कार्यक्रम उद्घाटन गर्ने तरखर भयो । अतिथी दिर्घाको अघिल्तिर लस्करै राखिएका मैन बत्ति, पानसमा घोरिएर हेरे, उनै मुखिया शाही, कार्यक्रमका ‘विशेष अतिथी’ ।
मुखिया शाही, उनकी धर्मपत्नीले अन्य अतिथीहरुसँगै पानसमा दीप प्रज्वलन गरे । मुखिया शाहीले अन्य विशिष्ट पाहुनाहरुसँगै कार्यक्रम उद्घाटन गरे । छिनमै परर्र ताली बज्यो । सभाहल तालिले गुन्जाएमान भयो । फिरन्ते जाती राउटेका मुखिया विशेष अतिथीको रुपमा कार्यक्रम उद््घाटन गरेको सम्भवत यो दृष्य इतिहासकै पहिलो पटक हो । प्रमुख अतिथी प्रतिनीधि सभा सांसद रविन्द्रराज शर्मा केहि समय ढिला गरी कार्यक्रम स्थल आइपुगेका थिए । सांसद छेउमै बसेका मुखियाले सांसदसँग बेला बेला कानेखुसी गर्दाको दृष्य रोचक र नौलो थियो ।
कार्यक्रम अवधीभर मुखिया शाही र उनकी धर्मपत्नी अतिथी दिर्धाबाट सबै गतिवीधि नियालीरहे । कार्यक्रममा शुभकामना मन्तव्य राख्न भ्याएका मुखिया शाहीले आफ्नो समुदाय विस्तारै परिवर्तन हुने उल्लेख गरे ।
खेतीपाती नगर्ने, लेखपढमा नलाग्ने र जागिर नखाने स्पष्ट तीन मान्यता राख्ने राउटे अहिले सामाजिकीकरण हुन थालेका छन् । यी कार्य गर्दा आफ्नै मान्यता विपरीत हुन्छ भन्ने राउटे समुदायका युवा पुष्ता देखि बुढापाका समेत परिवर्तन हुन थालेका छन् ।
राउटे समुदायमा परियोजना संचालन गरिरहेको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले पहिलो पटक राउटे मुखिया सुर्यनारायण शाहीबाट साधारण सभा तथा बार्षिक उत्सब उद्घाटन गराएको हो । संस्थाले गुराँस गाउँपालिका र एईआएनको साझेदारीमा राउटे समुदायको शिक्षा, स्वास्थ्य अधिकार प्रर्वद्धन तथा दैनिक जीवनयापन सुधार परियोजना संचालन गरिरहेको छ ।
कार्यक्रममा प्रतिनीधि सभाका सांसद रविन्द्रराज शर्माले सङ्घीय लोकतान्त्रीक गणतन्त्र नेपालमा आफुहरु सामाजिक न्याय सहितको लोकतन्त्रको पक्षमा रहेको बताए । ‘दैलेख जिल्लामा संस्थाहरु जन्मिने, केहि काम गर्ने र पुःन बन्न हुने गरेको छ,’ सांसद शर्माले भने ‘सोसेकले निरन्तर आफ्ना गतिविधीहरु संचालन गरेर धन्यवादको पात्र बनेको छ ।’ जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापाले सोसेकले राउटे मुखियालाई विशेष अतिथी बनाएर उत्कृष्ठ कार्य गरेको बताए ।
नेकपा दैलेखका नेता तेज बहादुर चन्दले सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले सामाजिक रुपान्तरण, आयआर्जन तथा पूर्वाधार विकासको क्षेत्रमा सराहनीय कार्य गरेको बताए । नेपाली काँग्रेस दैलेखका सभापति कृष्णकुमार विसीले दैलेखका दुरदराजमा सामाजिक कुसंस्कार र कुरित जस्ताको तस्तै रहेको बताउँदै त्यसको अन्त्यका लागि पहल गर्न आग्रह गरे ।
कार्यक्रममा सोसेकका पूर्व अध्यक्ष सिता कुमारी राना, जिल्ला बाल संजाल दैलेखका अध्यक्ष याम बहादुर विक, गुराँस बाल संजालका सचिव निशा रिजाल, राउटे मुखिया सुर्यनाराय शाही लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।

सोहि अबसरमा पत्रकारद्धय नगेन्द्र उपाध्याय र विशाल सुनारलाई यस बर्षको ‘बाटु थापा स्मृती पत्रकारीता पुरस्कार प्रदान गरिएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापाले आफ्नो आमा स्वर्गीय बाटु थापाको सम्झनामा स्थापना गरेको ‘वाटु थापा स्मृती पत्रकारीता पुरस्कार २०७६’ कर्णालीमा क्रियाशिल दुई जना पत्रकारलाई संयुक्त रुपमा प्रदान गरिएको हो । पुरस्कारको राशि जनही १५ हजार १ रुपैया रहेको छ ।
साथै उत्कृष्ठ कर्मचारीहरुलाई सम्मान गरेको छ । विभिन्न कार्यक्रम तथा परियोजनामा कार्यरत उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई सम्मान गरेको हो । कार्यक्रम संचालन, व्यवस्थापन तथा समन्वय र सहकार्यको क्षेत्रमा उत्कृष्ठ कार्य गरेको भन्दै कर्मचारी सम्मानित भएको संस्थाका उप–कार्यकारी निर्देशक बसन्त श्रेष्ठले जानकारी दिए । जिल्लामा नियमित रुपमा प्रकाशन भईरहेका तीन दैनिक पत्रिका सम्मानित भएका छन् । पञ्चकोशी खबर दैनिक, धमाका राष्ट्रिय दैनिक र हाम्रो तेस्रो आँखा राष्ट्रिय दैनिकलाई सम्मान गरिएको हो ।
साधारण सभाले सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको अध्यक्षमा दुर्गा श्रेष्ठ चयन गरेको छ । साधारण सभाबाट सदस्यहरुमा मञ्जु कुमारी खड्का, टिकादेवी जैसी, कमला चन्द, कमला नेपाली, कृष्णा रावत, पवित्रा बादी, हस्तराज अधिकारी चयन भएका छन् । कार्यसमितिको बैठकले समितिको उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष पदको लागि जिम्मेवारी तोक्नेछ ।

प्रतिक्रिया