यसरी बने सामान्य किसानका छोरा सामाजिक अभियान्ता (भिडियो)

यसरी बने सामान्य किसानका छोरा सामाजिक अभियान्ता (भिडियो)

दैलेख भदौ १४ : दैलेख जिल्लाको भैरबी गाउँपालिका वडा नं. २ रावतकोटमा २०२८ साल वैशाख १ गतेका दिन जन्मिनुभएका हीरासिंह थापाको जीवनमा धेरै पक्ष र पाटा जोडिएका छन् । विभिन्न आरोह–अवरोहलाई चिर्दै आज उहाँ नेपाली समाज रूपान्तरणको रुपमा सर्वपरिचित हुनुहुन्छ । एक सामाजिक अभियान्ताका रुपमा समेत आफूलाई उभ्याउन सफल हुनुभएको छ ।
सामान्य मध्यम वर्गीय किसान परिवारमा जन्मिनु भएका थापाको बाल्यकाल भैसी गोठालो भएर बित्यो । घरमा पालिएका भैंसी लिएर दैलेखको तल्लो डुङेश्वर हुँदै बर्दियाको राजापुर र कैलालीको सतिबजारसम्म गोठालो गएर बाल्यकाल बित्यो उहाँको । स्कुल जाने उमेरमा बर्दियाको राजापुर र कैलालीको सतिबजारसम्म भैंसी गोठाले भएको उहाँको जीवन भोगाइ हो ।
‘१४ वर्षको हुँदा राजापुर भैंसी गोठालो गएको थिएँ, त्यहीं दुईवटा दुहुना भैंसी मरे, उहाँ आफ्नो विगत कोट्याउदै भन्नुहुन्छ ‘बुबाले तिमी दैलेख फर्क भन्नुभयो, त्यसपछि घर फर्किएँ, भैंसी मरेर दैलेख फर्केर उहाँले कखरा पढ्न शुरू गरेको पछिल्लो वर्ष कक्षा ४ मा अध्ययन शुरू गर्नुभएको थियो । ‘त्यसबेला महिला अधिकार र बाल अधिकारको क्षेत्रमा कसरी काम गर्न सकिन्छ भनेर सोच्ने गर्नुहुन्थ्यो उहाँ ।
अहिले उहाँ पेसाले इन्जिनियर भए तापनि बालविवाह, छाउप्रथा, जातीय विभेद न्यूनीकरण तथा गरिबी उन्मुलनमा पनि उहाँ उत्तिकै चिन्तनशील हुनुहुन्छ, अर्को अर्थमा मानव हितमा क्रियाशील हुनुहुन्छ । उहाँलाई यही कार्यले आत्मसन्तुष्टि मिलेको छ । जिल्लामा बालविवाह, छाउपडी प्रथा, महिला हिंसा, बाल अधिकार तथा सामाजिक कुरीति र कु–संस्कारविरुद्ध अभियान चलाउँदै विभेद रहित समाज निर्माणको अभियानमा अनवरत रूपमा क्रियाशील हुनुहुन्छ ।
उहाँको जीवन भोगाई सहितकाे Explore Dailekh ले तयार पारेको जीवनीे ।
भिडियो :

प्रतिक्रिया