अबैध लागू औषध गाँजा नष्ट

अबैध लागू औषध गाँजा नष्ट

दैलेख भदाै २७ – दैलेखको नारायण नगरपालिका–१ को पुरानो कारागार लगाएतका स्थानमा रहेको अबैध लागू औषध गाँजा फडानी गरिएको छ । जिल्ला प्रशासन कार्यालय दैलेख, जिल्ला प्रहरी कार्यालय दैलेख, सशस्त्र प्रहरी र नारायण नगरपालिका–१ का जनप्रतिनीधि सहितको टोलीले गाँजा नष्ट गरेको हो । यहाँका करिब एक हजार बढि बोट गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरिक्षक उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए । लागु औषध नियन्त्रण सम्बन्धि ४५ दिने विशेष अभियान अन्तरगर्त गाँजा नष्ट गरिएको उनले बताए ।

जिल्लाका विभिन्न स्थानमा गाँजा रहेको पाईएपछि प्रहरीले अंकुश लगाउन गाँजा फडानी अभियान थालेको हो । यो सिजनमा फाटफुट गाँजा देखिएपछि सुरक्षा निकायका लागि चुनौती जस्तो भएपछि जिल्ला प्रहरी कार्यालय दैलेखले मातहतका प्रहरी इकाईहरुलाई गाँजा फडानीको लागि कडाई गरेको प्रहरी निरिक्षक आचार्यले बताए । ‘जिल्लाका सबै इकाईहरुमा परिपत्र गरिसकेका छौ,’ प्रहरी निरिक्षक आचार्यले पञ्चकोशी खबर सँग कुरा गर्दै भने ‘स्थानीयले खेती नै गरेको पाइएको छैन्, आफै उम्रिएका गाँजा नष्ट गर्ने अभियान थालेका हौ ।’

खेतबारीमा गाँजा खेती नै गरेको भेटिएमा कानुनी कार्बाही गर्ने प्रहरी निरिक्षक आचार्यले बताए । स्थानीय बासिन्दाको घरवरिवरीबाट फडानी गरिएको गाँजा जलाइएको प्रहरीले जनाएको छ । गाँजा उन्मुलनको अवस्थामा पु¥याउन लागिपरेको प्रहरी निरिक्षक आचार्यले बताए । प्रतिबन्धीत लागु पदार्थको बनस्पति गाँजाबाट दैलेख पनि मुक्त छैन् । गाँजा नष्ट गर्ने अभियान चलाएपनि बाहिरबाट भित्रिने लागु औषध नियन्त्रण गर्न तर्फ प्रहरीको ध्यान जानु पर्ने स्थानीयको भनाई छ ।

प्रतिक्रिया