सकियो लैङ्गिक समानता तालिम

सकियो लैङ्गिक समानता तालिम

दैलेख भदाै ३० ।
अपाङ्गता सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा भएका कानुनी व्यवस्था र अपाङ्गता वर्गिकरण सम्बन्धी जानकारी गराउने उद्धेश्यले आयोजना गरिएको दुई दिने ‘लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण र अपाङ्गता’ सम्बन्धी तालिम सकिएको छ । गुराँस गाउँपालिकाको समन्वयमा सामाजिक सेवा केन्द्र सोसेक नेपाल दैलेख र सेभ द चिल्ड्रेनले उक्त तालिमको आयोजना गरेका थिए ।
तालिमको समापन कार्यक्रममा बोल्दै गुराँस गाउँपालिकाकी उपाध्यक्ष दिपा विसीले विश्वमा अपाङ्गता भएका व्यक्तिहरुले ठुल्ठुला चमत्कारिक कार्यहरु गरेको बताइन् । ‘उनीहरुको साहस र विश्वास देख्दा हामी साँङ्गहरुले पनि त्यति काम गर्न सकिरहेका छैनौ, उनले भनिन ‘अपाङ्गता भएका व्यक्तिलाई निर्भरतापूर्वक जीवनयापन गर्न तथा जीवनका हरेक पक्षमा पूर्णरुपले सहभागी गराउनु आजको आवश्यकता हो ।’
‘अपाङ्गता भएका व्यक्तिको हक हित र संरक्षण सम्बन्धी काम गर्नका लागि गाउँपालिकामा स्थानीय समन्वय समिति गठन गर्नुपर्ने अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ मा व्यवस्था भए पनि कार्य व्यस्तताका कारण गठन गर्न नसकिएको उनको भनाई थियो । ‘अपाङ्गता भएका व्यक्तिको हक हित र अधिकारको संरक्षण गर्नका लागि स्थानीय तहले कार्यविधि बनाएर लागु गर्नेछ,’ उनले भनिन् ‘कार्यविधिमा उल्लेख गरे अनुसार अपाङ्गता परिचय पत्र वितरण गर्नुका साथै स्वास्थ्य शिविर सञ्चालन गर्ने लगायतका योजना गाउँपालिकाले बनाएको छ ।’
परियोजनामा कार्यरत कर्मचारी तथा स्थानीय तहको क्षमता विकासमा सहयोग पु¥याउने उद्धेश्यले आयोजना गरिएको तालिमले अपाङ्गता भएका बालबालिकाको पहिचान र अपाङ्गता सम्बन्धी बालबालिकाको गाउँ पाश्र्वचित्र तयार गर्न सहज हुने सहयात्रा दोस्रो परियोजनाका कार्यक्रम निर्देशक नवराज विसीको भनाई थियो ।

‘अपाङ्गता भएका व्यक्तिको अधिकार तथा उनिहरुप्रतिको दायित्व परिवार र राज्य दुवैको हुन्छ,’ विसीले भने ‘अपाङ्गता भएका व्यक्तिले अहिले पनि घर, परिवार तथा समाजमा अपहेलना भोगिरहनु परेको छ ।’ समुन्नत समाज निर्माणका लागि अपाङ्गता बालबालिकाको क्षेत्रमा गुराँस गाउँपालिकाले सकारात्मक कामहरुको सुरुवात गर्ने आशा गरिएको उनले बताए ।
परियोजनाले विद्यालय शिक्षा भन्दा बाहिर रहेका त्यस्ता अपाङ्गता बालबालिकाहरुको लागि घरमा शिक्षकको व्यवस्था गर्नुका साथै स्वास्थ्य शिविर, अपाङ्गता परिचय पत्र वितरण लगायत बालबालिकाको गाउँपाश्वचित्र बनाउन सहयोग गर्ने विसीको भनाई थियो ।
उक्त दुई दिने कार्यक्रममा अपाङ्गताको परिभाषा तथा वर्गिकरण, अपाङ्गता सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था, अपाङ्गता सम्बन्धिको बुझाई र गरिएका राम्रा अभ्यासहरुको बारेमा सेभ द चिल्डे«नका प्रकाशलाल दासले जानकारी गराएका थिए ।

प्रतिक्रिया