विविध कार्यक्रम गरि मनाइयो राष्ट्रिय बाल दिवस

विविध कार्यक्रम गरि मनाइयो राष्ट्रिय बाल दिवस

दैलेख भदौ ३० ।
‘सुनिश्चित बाल अधिकार : समृद्ध नेपालको अधार’ भन्ने मुल नाराका साथ दैलेखमा राष्ट्रिय बाल दिवस मनाइएको छ । दिवसको अवसरमा विभिन्न संघ संस्थाले बेग्ला बेग्लै कार्यक्रमको आयोजना गरेका थिए भने विद्यालयहरुले पनि विद्यार्थीलाई सहभागी गराएर गरिने कार्यक्रमको आयोजना गरेका थिए ।

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको समन्वयमा नारायण नगरपालिका, भैरबी गाउँपालिका लगाएतका स्थानमा विविध कार्यक्रम गरेर दिवस मनाइएको छ । यस्तै कालिकोटको पलाँता गाउँपालिकाका विभिन्न वडामा समेत दिवस मनाइएको छ । दिवसका अबसरमा ¥याली, जनचेतनामुलक कार्यक्रम तथा विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएको थियो ।

नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बाल अधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया