कर्णालीबासीको सामुहिक दुर्घटना बिमा

कर्णालीबासीको सामुहिक दुर्घटना बिमा

सुर्खेत असोज १ गते ।
कर्णाली प्रदेश सरकारले विपत जोखिम विरुद्ध कर्णालीवासीको सामुहिक दुर्घटना बिमा कार्यक्रम शुभारम्भ गरेको छ । प्रदेशवासीकोे सामूहिक दुर्घटना बिमा कार्यक्रम सम्बन्धी सम्झौता समेत गरिएका छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय र राष्ट्रिय बिमा कम्पनी लिमिटेडबिच बुधवार सम्झौता भई बिमा शुभारम्भ भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनतालाई थप राहत दिन बिमा कार्यक्रम लागु गरिएको बताए ।
‘हरेक प्रकारका प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको प्रदेश कर्णाली नै हो, भीरपाखा धेरै भएको प्रदेश हो, भिरबाट खसेर बर्सेनी धेरै मानिस ज्यान जाने गरेको छ, मुख्यमन्त्री शाहीले भने ‘आगलागी, चट्याङ, बाढीपहिरो जस्ता विपत्ती कर्णालीमा आउने गरेको छ ।’ सरकार तथा जनतालाई धेरै ठूलो राहत दिने अपेक्षा सहित बिमा कार्यक्रम ल्याइएको मुख्यमन्त्री शाहीको भनाई छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बिमा कार्यक्रमको सम्झौता ऐतिहासिक पल भएको बताए । ‘केही यस्ता कार्यक्रम हुन्छन्, जो कार्यक्रम हेर्दाखेरी सामान्य लाग्छन् तर यसले गहिरो प्रभाव पारिरहेको हुन्छ, यो कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सम्वद्ध निकायलाई क्रियाशील हुनका लागि आग्रह गर्दछु,’ मन्त्री भण्डारीले भने, ‘मन्त्रालय, बिमा संस्थान, अन्य संस्था र स्वयं जनताले पनि ऐतिहासिक कार्यक्रमको प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्छ ।’ समाजवाद उन्मुख अर्थतन्त्रका लागि यस्ता कार्यक्रम आवश्यक रहेको उनको भनाई छ । ‘समाजवाद उन्मुख देश हो भन्ने कुरा यस्ता कार्यक्रमले जनाउँछ, उनले भने ‘कार्यक्रम अन्तर्गत चालू वर्ष १० हजार घरको बिमा गरिनेछ ।’

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले कर्णाली प्रदेश सरकारले कर्णालीवासीकोे लागि सामाजिक न्याय गरेको बताइन् । बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले समाजवाद उन्मुख अर्थतन्त्रलाई टेवा पु¥याउन सामूहिक दुर्घटना बिीमा सहयोगी हुने बताए । मौलिक हकमा रहेको सामाजिक सुरक्षाको कार्यक्रमलाई तीनै तहका सरकारले महत्व दिएको बताउँदै कम्पनीले निर्जीवन बिमा गर्ने, व्यावसायिक दक्षता बढाइ पहुँच विस्तार गर्दै आम्दानी गर्ने र नेपाल सरकारले ल्याउने यस्ता सामिाजिक सुरक्षामा सामाजिक उत्तरदायित्वको काम गर्ने बताए । ‘कर्णाली प्रदेशमा धेरै जोखिम छन््, यी सबैलाई एकै पटक समाधान गर्न समस्या छ, सबैलाई एउटै डालोमा समेटेर १७ लाख ५० हजार जनताको बिमा गरिएको छ,’ उनले भने ।

प्रतिक्रिया