घरमै ‘विद्यालय’

घरमै ‘विद्यालय’

दैलेख असोज २ ।
घरमै बिद्यालयको अवधारणामा अपाङ्गता भएका बालबालिकाहरुको पढाई कक्षा संचालनका लागी सहजकर्ताहरु लाई दुई दिने तालिम गुँरास गाउँपालिकामा सम्पन्न भएको छ । सेभ द चिल्ड्रेनको सहयोग, गाउँपालिकाको समन्वय र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको आयोजनामा संचालित तालिममा गुराँस गाउँपालिका वडा नं ३, ४, ५, र ६ का ६ जना सहजकर्ताको सहभागिता रहेको थियो । गुराँस गाउँपालिका ६ जना अपाङ्गता भएका बालबालिका लागी ६ जना सहजकर्ता वडा कार्यलयबाट छनौट भई तालिममा सहभागी गराईएको थियो ।
तालिमको सहजिकरण सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका शिक्षा संयोजक उपेन्द्र रावल र शैक्षणिक श्रोत व्यक्ति बासुदेव उपाध्यायले गरेका थिए । तालिममा प्राथमिक शिक्षा पाठ्यक्रम अनुसार शैक्षिक सामाग्री निर्माण गरी अपाङ्गता भएका बालबालिका लागी सिकाउने तरिकबारे जानकारी गराइएको हो ।
तालिममा सहभागि सहजकर्ता कमला नेपालीले यो तालिमले अपाङ्गता भएका बालबालिकालाई पढाउन सजिलो हुने अपेक्षा राखिन् । अपाङ्गताका कारण शिक्षाको अवसरबाट बञ्चित भएका बालबालिका लागी घरमै पढाउने व्यवस्थाका लागी संचालन गरिएका यस्ता प्रकारका कक्षाहरुले बालबालिकाको शिक्षा प्राप्त गर्ने हक सुनिश्चित गर्ने सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक टिका बिकले बताए ।

प्रतिक्रिया