ब्राजिलमा ८ वर्षीया बालिकाको हत्यापछि आन्दोलन चर्कियो

ब्राजिलमा ८ वर्षीया बालिकाको हत्यापछि आन्दोलन चर्कियो

रियो दि जेनेरियो : ब्राजिलमा एकजना ८ वर्षीया बालिकाको हत्यापछि आन्दोलन चर्किएको छ । प्रहरीको गोली प्रहारबाट मृत्यु भएकी अगाथा सेल्स फेलिक्सको लागि न्याय माग्दै आन्दोलन भएको हो । गत साता कम्प्लेक्सो दो अलेमाओस्थित प्रहरीको गोली प्रहारबाट ती बालिकाको मृत्यु भएको थियो ।

पीडितका आफन्त तथा अन्य स्थानीय युवाहरु अहिले पनि राजधानी रियो दि जेनेरियोमा प्रदर्शन गरेका छन् । शंकास्पद आपराधिक कारवाहीको क्रममा घटना भएको प्रहरीको भनाइ छ । अधिकारीहरुले भने घटनाको छानविन भइरहेको जनाएका छन् ।

प्रतिक्रिया