समस्या समाधानमा सरकारलाई सघाउनुहोस् : ओली

समस्या समाधानमा सरकारलाई सघाउनुहोस्  : ओली

दैलेख असोज ९ ।
गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले सरकारलाई नीति कार्यान्वयनमा दवाव दिने भन्दा समस्या समाधानमा सघाउन आग्रह गरेका छन् । सेभ द चिल्ड्रेनको सहयोगमा सामाजिक सेवा केन्द (सोसेक) नेपाल दैलेखको समन्वयमा गुराँस गाउँपालिकाले गुराँसेमा आयोजना गरेको विद्यालय शान्ति क्षेत्र घोषणा कार्यान्वयन समीक्षा कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
गाउँपालिकाका अध्यक्ष ओलीले शिक्षा क्षेत्रमा गाउँपालिकाले गरेको लगानी राम्रो प्रतिफल ल्याउन समुदायको सहयोग र सहकार्य जरुरी रहेका औल्याए । कार्यक्रममा उपाध्यक्ष दीपा बीसीले विद्यालयमा बालिकालाई महिनावारी प्याड र अरु सुविधा उपलब्ध गराउने प्रतिवद्धता जनाइन् ।
समीक्षा कार्यक्रममा पत्रकार अमर सुनार, सोसेकका कार्यक्रम निर्देशक नवराज बीसी, शिक्षा अधिकृत निर्मल अधिकारीले विद्यालय शान्ति क्षेत्र कार्यान्वयनको अवस्था विषयमा प्रकाश पारेका थिए । खुला छलफलमा विद्यालय शान्ति क्षेत्र कार्यान्वयनमा देखिएका समस्या विषयमा शिक्षक, विद्यार्थी र सरोकारवालाहरुले जिज्ञासा र सुझाव राखेका थिए ।

प्रतिक्रिया