स्वयंसेविकालाई दसैँ प्रोत्साहन

स्वयंसेविकालाई दसैँ प्रोत्साहन

दैलेख असाेज १४ दैलेखको भैरबी गाउँपालिकाले गाउँपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई दसैँ प्रोत्साहन रकम प्रदान गरेको छ । ग्रामिण क्षेत्रका जनताको आधारभुत स्वास्थ्य सेवामा उल्लेखनीय योगदान पु¥याएको भन्दै गाउँपालिकाले प्रोत्साहन रकम प्रदान गरेको हो । गाउँपालिकाको ७ वडामा कार्यरत ५५ जना स्यमंसेवीकालाई प्रतिव्यक्ति १० हजारका दरले प्रोत्साहन रकम उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले बताए । गाउँपालिकामा महिला स्वास्थ्य स्वयमसेविका सम्मान तथा दसैँ शुभकामना कार्यक्रम आयोजना गरेर उक्त रकम उपलब्ध गराएको हो ।
‘उहाँहरुको भूमिकालाई कदर गर्दै थप प्रोत्साहन गरेका हौँ,’ अध्यक्ष बुढाले भने ‘गाउँपालिकामा महिला स्वास्थ्य स्वयमसेविकाको क्षमता अभिबृछि गर्ने अन्य कार्यक्रमहरु पनि ल्याउँछौ ।’ निशुल्क समाज सेवामा खटिई आम नागरिकको स्वास्थ्य समस्या समाधानका लागि उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै गाउँ कार्यपालिकाको बैठकले निणर्य गरेर प्रोत्साहन रकम उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका उपाध्यक्ष पदमकुमारी विष्टले स्वयमसेविकाको मेहनतलाई सबैले सम्मान गर्नुपर्ने बताइन् । ‘निस्वार्थ समाज सेवामा खटिनुभएको छ,’ उनले भनिन ‘दसैँको अबसर पारेर उल्लेखनीय योगदान पु¥याएकोमा सम्मान स्वरुप प्रोत्साहन उपलब्ध गराएका हौ ।’ स्वयंसेविकाहरुले परिवार नियोजनबारेको चेतना, अस्थायी साधन वितरण, झाडापखाला, श्वासप्रश्वास सम्बन्धि रोगको प्राथमिक उपचार, खोप कार्यक्रम सञ्चालन, स्वास्थ्य शिक्षा प्रदान जस्ता काम गर्दै आएका छन् ।

यसै गरि भैरवी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन देवकोटाले महिला स्वास्थ्य स्वयम् सेविका देशका गहना हुन, सवैले सम्मान गर्नु पर्छ भनेर गाउँपालिकाले दशैंको पुर्व संध्यामा सम्मान कार्यक्रम राखेका हौ ।, उहाँले थप्नु भयो, महिला र वालवालिकालाई सम्मान गरे देशको र परिवारको नै सम्मान हुन्छ ।

भैरवी गाउँपालिकाले ५५ जना महिला स्वास्थ्य स्वयम् सेविकालाई जनही १० हजारको दरले नगद प्रदान गरेको छ ।

प्रतिक्रिया